News Category 2076/08/24
हवाई सेवालाई पनि प्रतिष्पर्धी बनाउ
दशकौंदेखी राजविराज विमानस्थल सुनसान बनेको अवस्थामा झण्डै डेढ वर्षदेखी यहाँबाट हवाई सेवा सुरु भएको छ । बि.स. २०१६ सालमा उद्घाटन भएको यस विमानस्थलबाट २०७५ साल साउन महिनादेखी नियमित रुपले उडान सेवा सुरुचारु भएपछि जिल्लावासी हर्षित भएका छन् । तर, अहिले एक मात्र श्री एयरलाइन्सले हवाई सेवा प्रदान गर्दै आएको छ । जसकारण एयरलाइनसको मनोपरी बढेको छ । अहिले सो उडान कम्पनीले हस्ताको तीन दिन मात्र सेवा प्रदान गर्दै आइरहेको छ । जसकारण चाहेर पनि यात्रुहरुले आफ्नो अनुकुल यात्रा गर्न पाइरहेका छैनन् । सुरुमा हप्ताको पाँच दिन जहाज उडाउने अनुमति पाए पनि अहिले उडानले दुई दिन कटौती गरेको छ ।
यस्तो अवस्थामा राजविराज विमानस्थलबाट अर्को विमान कम्पनीले समेत उडान गर्न पाउनु पर्ने अवस्था सृजना भएको छ । दिनहुँ उडान सेवा नहुँदा यहाँ तथा आसपासका जिल्लाका यात्रुहरु जनकपुर र बिराटनगरबाट हवाई यात्रा गर्न बाध्य छन् । प्रतिष्पर्धात्मक युगमा कुनै पनि व्यक्तिले आफ्नो अनुकुल रोज्न पाउनु पर्ने हुन्छ । अहिलेको समयमा सामानका साथ साथै व्यक्ति पनि एक ठाउँदेखी अर्को ठाउँमा पुग्न सजिलो र छिठो मार्ग खोज्छन् । जुन हवाई यात्रा हो । हवाई यात्राका कारण यात्रुहरुलाई आवतजावत गर्न सजिलो हुन्छ र एकैदिनमा आफ्नो गन्तव्यतर्फ पुनः फर्किन सक्छन् ।
जिल्लाको विकासमा यातायात र हवाई उडान निकै नै महत्वपूर्ण हो । यातायात सहज भए विभिन्न सामाग्रिहरु सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ र व्यापार फस्टाउछ । तसर्थ उडान सेवालाई प्रतिष्पर्धात्मक बनाउनु पर्ने अहिले आवश्यकता र बाध्यता समेत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ