News Category 2076/08/24
महिला पुरुष दुबै युरिनल व्यवस्थाप्रति ध्यान पुगोस्
राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र विभिन्न स्थानहरुमा युरिनल (पिसाब घर) निर्माण गरेको एक वर्ष नबित्दै भत्किएको छ । युरिनल भत्किनुका साथै कतिपय स्थानका युरिनल फोहरका कारण बन्द जस्तै रहेको छ । निर्माण भएका युरिनल बन्द भएपछि अहिले पुनः खल्ला स्थानमै पिसाब गर्नेहरुको ओइरो नै लाग्ने गर्दछ । राजविराज नगरपालिकामा सर्वसाधारणहरुलाई पिसाब फेर्नका लागि पुरुष युरिनल निर्माण गरे पनि महिलाहरुका लागि त्यस्तो कुनै व्यवस्था गर्न सकेको छैन् । भएका युरिनलहरु भत्किनुका साथै बन्द भएपछि अहिले बटुवाहरुलाई निकै कठिनाई भइरहेको छ ।
विगत दुई दशकदेखी जनप्रतिनिधि बिहीन रहेको नगरपालिकाले सरसफाई अन्तरगत युरिनल निर्माण गरेपछि सर्वसाधारणलाई पिसाब फेर्न सजिलो भएको थियो, तर त्यसको उचित सम्वद्र्धन र व्यवस्थित गर्न नसकिएपछि अहिले पुरानै अवस्थामा फर्किएको छ । यता महिलाहरुका लागि युरिनल निर्माण गर्नतर्फ नगरपालिकाले ध्यान दिन नसक्नु एकतर्फी सोच भएको देखिन्छ । नगर क्षेत्र भित्र पाँच स्थानमा सार्वजनिक शौचालय निर्माण भएपनि महिलाहरुका लागि छुट्टै शौचालय वा युरिनल निर्माणतर्फ ध्यान पुग्न सकेको छैन् । तसर्थ महिलाहरुका लागि समेत युरिनल अथवा निशुल्क शौचालय निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान पुग्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ