News Category 2076/08/25

दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ

दैनिक समाचारदाता

दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महदेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् । 
    मंगलबार साँझ ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । 
    जन्म दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन्, अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले भने । मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटेको टोलीले रैगेहात पक्राउ गरेको उनको भनाई थियो । सेवाग्राहीको नाम भने तत्काल भन्न नमिल्ने उनको भनाई छ । 
    मिश्रलाई थप अनुसन्धानका लागि मंगलबारै आवश्यक प्रक्रिया पुरा गरि क्षेत्रिय कार्यालय ल्याइएको आयोगले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट