News Category 2070/11/23
बर्डफ्लुको उच्च जोखिममा रहेको सप्तरीमा उच्च सर्तकर्ता
दैनिक संवाददाता
राजविराज, २२ फागुन ।
बर्डफ्लुको दृष्टिकोणले उच्च जोखिमको सुचीमा रहेको सप्तरीमा बर्डफ्लु रोग भित्रिन नदिन उच्च सर्तकर्ता अपनाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्तरीय बर्डफ्लु प्राबिधिक नियन्त्रण समिति सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको बर्डफ्लु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले बर्डफ्लु रोग भित्रिन नदिन भारतीय सिमाक्षेत्रसँग जोडिएका नाकाहरुमा निगरानी बढाएको बताउनुभयो ।
खुल्ला सिमानाका कारण भारतीय बजारहरुबाट कुखुरा, चल्ला, अण्डा लगायतका पक्षीजन्य पदार्थ भित्रिन नदिन सुरक्षा निकायहरुसँग समन्वय गरेर निगरानी बढाएको जानकारी दिनुहुँदै भारतीय नाकासँग जोडिएको सप्तरीको बिभिन्न स्थानहरुमा प्राबिधिक सहितको टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
उहाँले बर्डफ्लु रोगको शंका लाग्ने बितिकै पशु प्राबिधिकहरुको टोली परिचालन गरि पहिचान गर्ने र नष्ट गर्ने प्राबिधिकहरुको टोलीलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुहुँदै सप्तरीमा अहिलेसम्म बर्डफ्लु रोग नरहेको दाबी समेत गर्नुभयो ।
सप्तरीमा दत्र्ता भएका २ सय भन्दा बढी कुखुरा फर्मका सञ्चालकहरुलाई समेत बर्डफ्लु रोगको सम्बन्धमा समय समयमा जानकारी गराउँदै आफ्नो मुलुक भन्दा बाहिरको कुखुरा, चल्ला, अण्डा लगायतका पक्षीजन्य पदार्थ नल्याउन सचेत गराईसकेको प्रमुख यादवले बताउनुभयो ।
जिल्ला स्तरीय बर्डफ्लु प्राबिधिक नियन्त्रण समिति सप्तरीका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले बर्डफ्लु रोग नियन्त्रणका लागि जनचेतना जगाउनुको साथै मासुजन्य पदार्थ बिक्रीमा संलग्नहरु बर्डफ्लुको उच्च जोखिममा रहेकाले सर्तक रहनुपर्ने बताउनुभयो ।
खाने मान्छे भन्दा कुखुरा काट्ने र बिक्री गर्ने मान्छे बढी जोखिममा रहने भएकाले उहाँहरुलाई पनि बर्डफ्लु बारे जनचेतना जगाउनुपर्ने प्रजिअ यादवको कथन छ ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय कुमार झाले कुखुराबाट मान्छेमा बर्डफुल सर्ने भएकाले व्यवस्थित रुपमा कुखुरा काट्ने र बिक्री बितरण गर्नुपर्ने बताउनुहुँदै बर्डफ्लु भित्रिन नदिन सचेतनासँगै भित्रि हालेपनि औषधी उपचारका तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सापकोटा, कृषि बिकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादव, नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/30 देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
- 2081/12/30 पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
- 2081/12/30 राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
- 2081/12/29 “अधिवेशनको सम्पूर्ण तयारी पुरा”
- 2081/12/29 “प्याकुरेललाई कारवाहीको माग”
- 2081/12/29 कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
- 2081/12/27 पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
- 2081/12/27 पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
- 2081/12/27 राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा
- 2081/12/27 कैद सजाय तोकिएका खंग कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ