News Category 2070/11/23
बर्डफ्लुको उच्च जोखिममा रहेको सप्तरीमा उच्च सर्तकर्ता
दैनिक संवाददाता
राजविराज, २२ फागुन ।
बर्डफ्लुको दृष्टिकोणले उच्च जोखिमको सुचीमा रहेको सप्तरीमा बर्डफ्लु रोग भित्रिन नदिन उच्च सर्तकर्ता अपनाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्तरीय बर्डफ्लु प्राबिधिक नियन्त्रण समिति सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको बर्डफ्लु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले बर्डफ्लु रोग भित्रिन नदिन भारतीय सिमाक्षेत्रसँग जोडिएका नाकाहरुमा निगरानी बढाएको बताउनुभयो ।
खुल्ला सिमानाका कारण भारतीय बजारहरुबाट कुखुरा, चल्ला, अण्डा लगायतका पक्षीजन्य पदार्थ भित्रिन नदिन सुरक्षा निकायहरुसँग समन्वय गरेर निगरानी बढाएको जानकारी दिनुहुँदै भारतीय नाकासँग जोडिएको सप्तरीको बिभिन्न स्थानहरुमा प्राबिधिक सहितको टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
उहाँले बर्डफ्लु रोगको शंका लाग्ने बितिकै पशु प्राबिधिकहरुको टोली परिचालन गरि पहिचान गर्ने र नष्ट गर्ने प्राबिधिकहरुको टोलीलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुहुँदै सप्तरीमा अहिलेसम्म बर्डफ्लु रोग नरहेको दाबी समेत गर्नुभयो ।
सप्तरीमा दत्र्ता भएका २ सय भन्दा बढी कुखुरा फर्मका सञ्चालकहरुलाई समेत बर्डफ्लु रोगको सम्बन्धमा समय समयमा जानकारी गराउँदै आफ्नो मुलुक भन्दा बाहिरको कुखुरा, चल्ला, अण्डा लगायतका पक्षीजन्य पदार्थ नल्याउन सचेत गराईसकेको प्रमुख यादवले बताउनुभयो ।
जिल्ला स्तरीय बर्डफ्लु प्राबिधिक नियन्त्रण समिति सप्तरीका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले बर्डफ्लु रोग नियन्त्रणका लागि जनचेतना जगाउनुको साथै मासुजन्य पदार्थ बिक्रीमा संलग्नहरु बर्डफ्लुको उच्च जोखिममा रहेकाले सर्तक रहनुपर्ने बताउनुभयो ।
खाने मान्छे भन्दा कुखुरा काट्ने र बिक्री गर्ने मान्छे बढी जोखिममा रहने भएकाले उहाँहरुलाई पनि बर्डफ्लु बारे जनचेतना जगाउनुपर्ने प्रजिअ यादवको कथन छ ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय कुमार झाले कुखुराबाट मान्छेमा बर्डफुल सर्ने भएकाले व्यवस्थित रुपमा कुखुरा काट्ने र बिक्री बितरण गर्नुपर्ने बताउनुहुँदै बर्डफ्लु भित्रिन नदिन सचेतनासँगै भित्रि हालेपनि औषधी उपचारका तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सापकोटा, कृषि बिकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादव, नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ