News Category 2076/08/25
६ महिनामा ७७ बलात्कारका घटना
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
प्रदेश २ मा ६ महिनाको अवधीमा ७७ वटा बलात्कारका घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध शान्तिकालागि सञ्जाल अभियान (कोक्याप) र सेतु सामूदायिक तथा मानव अधिकार मञ्च (सेकडिहुरफ) ले संयुक्त रुपमा बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध प्रदेशस्तरीय महाभेला कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै कोक्यापका प्रदेश २ संयोजक अजय कुसवाहाले सन २०१९ जनवरीदेखि जूनसम्म प्रदेश २ मा १ सय ४१ वटा लैङ्गिक हिंसाका घटना, ३३ जनाको मृत्यु र ५० जना घाइते भएको जानकारी दिएका छन् ।
पितृसत्तात्मक पारीवारिक संरचना, वाल विवाह तथा दाइजो, शक्ति र सम्पतिमाथिको महत्वाकांक्षा, वैदेशिक रोजगारी लगायतका कारण लैङ्गिक हिंसाका घटनामा पनि वृद्धि भएको उनले जिकिर गरे ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रमुख तिलक परियारले लैङ्गिक हिंसामा कमी ल्याउन राजनीतिक पार्टी तथा तीनका कार्यकर्ताले प्रतिवद्धता जाहेर गर्नुपर्ने, राज्य पक्षले इमान्दारीकासाथ जिम्मेवारी वहन गर्नुपर्ने अनि यस क्षेत्रमा क्रियाशिल संघ संस्थाले पहि सहयोग गरे मात्रै यो समस्या न्यूनिकरण हुने बताए ।
सोही कार्यक्रममा नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले सामन्ती संस्कृतिले सवैभन्दा बढी प्रदेश २ मै जकडिएको कारणले लैङ्गिक हिंसा पनि सोही कारणले बढेको तर्क प्रस्तुत गरे ।
सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश २ की अध्यक्ष आभासेतु सिंहले वैदेशिक रोजगारी तथा कानूनको दुरुपयोगले लैङ्गिक हिंसा बढेको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी केन्द्रिय सदस्य पूनम यादव, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक विरबहादुर बुढामगर, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायतले पनि लैङ्गिक हिंसा वृद्धिका कारण र समाधानका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ