News Category 2076/08/25
विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन हुने
दैनिक समाचारदाता
काठमाडौं, २५ मंसिर ।
सरकारले १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी र राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने जनाएको छ । त्यसमध्ये १४ जिल्लाको ३३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लामा हस्तान्तरण हुनेछ ।
सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने र आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
विद्यार्थी संख्याको अनुपातमा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट कम दरबन्दी रहेको विद्यालयमा शिक्षक पठाइने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ । त्यस्तै एक प्रदेशबाट अर्को प्रदेशमा १०५ वटा दरबन्दी तथा राहत कोटा मिलान हुनेछ ।
शिक्षामन्त्री पोखरेलका अनुसार ताप्लेजुङ, इलाम, झापा, सुनसरी, काभ्रे, ताप्लेजुङ, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, नतहुँ, स्याङ्ज्या, कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पाल्पा, अर्घाखाँची, डोल्पा र दार्चुला जिल्लाका सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी बढी छ । दरबन्दी मिलानबाट यी जिल्ला प्रभावित हुनेछन् ।
मन्त्रालयका अनुसार हाल देशभर प्राथमिक तहमा ८०,१७६, निम्न माध्यमिक तहमा १६,२४४, माध्यमिक तहमा १२,७२५ शिक्षक दरबन्दी रहेको छ । त्यस्तै साविकको उच्च माध्यमिक तहमा दुई हजार दरबन्दी र ४ हजार राहत अनुदान कोटा रहेको छ ।
प्राथमिक तहमा २१,८७१, निम्न माध्यमिक तहमा ९,६०९ र माध्यमिक तहमा ६,८९८ राहत अनुदान कोटा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ