News Category 2076/08/26
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा समितिकै केही पदाधिकारीद्वारा लगाईएको तालाबन्दी विहिबार दुई सय दिन पुगेको छ ।
समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी गत जेठ ७ गते समितिको मुल गेटमै तालाबन्दी गरेका थिए ।
नेपालकै ईतिहासमा सम्भवत असन्तुष्टीको विषयलाई लिएर कुनै कार्यालयमा यती लामो समय सम्म तालाबन्दी गरिएको पहिलो पटक हो । ६ महिना अघि लगाईएको ताला खोल्ने÷खेलाउने तर्फ कुनै पनि निकायबाट हालसम्म पहल हुन सकेको छैन ।
जसकारण खेलकुद गतिविधि र कार्यालयको दैनिकी कामकाज पूर्ण रुपमा ठप्प रहेको छ । लामो समयको तालाबन्दीकै कारण पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएर गएको छ ।
तालाबान्दी कै कारण यहाँ कार्यरत कर्मचारी र प्रशिक्षक बेकामे मात्र भएका होइनन् । तलब खान पनि महिनै पिच्छे विराटनगरस्थित पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पुग्न बाध्य छन् ।
समितिका सवै पदाधिकारी सत्ताधारी दल नेकपा पार्टीद्वारा नै मनोनित गरिएका हुन् । तर पदाधिकारी नै दुई गुटमा विभाजित भएपछि विवाद र तालाबन्दी लम्बीदै गएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ