News Category 2076/08/26
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण
चन्दनकुमार यादव
राजविराज, २६ मंसिर ।
अनलाइन प्रणालीबाट समयमा खाता खोल्न नसकेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबार समाजिक सुरक्षा भत्ता घर घरमै पुगेर नगदै वितरण गरेको छ ।
तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित कोईलाडीका जेष्ठ नागरिक, अशक्त, महिलाहरूलाई वडा अध्यक्ष गोपी मण्डलले घरघर मै पुगेर सो भत्ता वापतको रकम बितरण गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गर्ने भनिएपनि समयमा सबैको बैंक खाता खोल्न नसकेकोले चालु आ.ब.मा नगदै भत्ता बितरण गर्न लागेको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
यता तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित वडा कार्यालयमा उपस्थित जेष्ठ नागरिकलाई वडाअध्क्ष गोपी मण्डल, नेपाल पत्रकार महासंघ प्रदेश सचिव आर.एन. बिश्वास, वडा सदस्य दिनेशप्रसाद सिंह, गितादेबी मण्डल, वडा सचिव राम सिंहले १ सय ५५ जनालाई समाजिक सुरक्षा भत्ता बितरण गरे ।
तिलाठी कोईलाडी ४ को कोईलाडीमा समाजिक सुरक्षा भत्ता लिने ३ सय ९७ जना रहेको मध्ये बिहिवार १ सय ५५ जनालाई बितरण गरिएको छ भने बाँकी रहेकालाई अर्को दिन बितरण गरिने वडा सचिव राम सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ