News Category 2076/08/28

चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट

दैनिक समाचारदाता

चालु आ.ब. को पाँच महिनामा  ९ सय ४३ मुद्दा फर्छयोट

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    उच्च अदालत जनकपुर, राजविराज इजलासले चालु आ.ब. को पाँच महिनाको अवधीमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको छ । 
    अदालतमा शुक्रबार ‘न्ययापालिकाको स्वतन्त्रता, न्यायतिक सुशासन हाम्रो प्रतिबद्घता” नारा सहित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सो जानकारी दिइएको हो । 
    कार्यक्रममा मुख्य न्यायाधिश प्रकाशचन्द्र गजुरेलले अदालत प्रशासन सुधार कार्य योजना अघि सार्दै यसमा सहयोग गर्न संचारकर्मीहरु सँग अनुरोध गरे । 
    उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने दावी समेत गरेका छन् । उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको सो अवसरमा जानकारी दिए । 
    नागरिक मैत्री न्यायलयको  अवधारणा अनुरुप निशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको उनले बताए । 
    उनले अदालतको बाहिरी परिषरमा चल्ने दलालीले न्यायलयको सेवा प्रभावित बन्ने गरेका कारण प्रदेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको सुनाए । 
    कार्यक्रमममा सहभागी संचारकर्मीहरुले उच्च अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए सेवाग्राहीमा अदालतप्रतिको आस्था र विश्वासमा अभिवृद्घि हुने धारणा राखेका थिए ।  
    सो कार्यक्रममा जिल्ला बारका अध्यक्ष डोमन साह लगायत अन्य न्यायाधिश तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस