News Category 2076/08/29
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
राजविराज÷हाम्रो कृषि सहकारी संस्था राजविराजको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमिरनारायण यादवको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विष्णु पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा व्याबसन सप्तरीका अध्यक्ष देवनाथ चौधरी, पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष ब्यासशंकर उपाध्याय, संचारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, गोपाल प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो सभामा संस्थाका अध्यक्ष अमिरनारायण यादवले अधयक्षीय प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले एक वर्षको अवधीमा ७५ जना शेयर सदस्यबाट १ सय ५४ जना शेयर सदस्य थप भएको जानकारी दिए । उनले २ लाख ४० हजार २ सय शेयर पुँजीबाट २७ लाख ३० हजार ५ सय शेयर पुँजी बढोत्तरी भएको जिकिर समेत गरे ।
सोही प्रतिवेदनमा १ करोड ६३ लाख ४६ हजार ३ सय ४३ रुँपैया २७ पैसा निक्षेप संकलन गर्न सफल भएको उनले जानकारी दिँदै संकलित निक्षेपबाट फिर्ता भई हाल ४१ लाख १५ हजार ९ सय ९० रुँपैया २३ पैसा बाँकी रहेको बताए ।
सोही सभामा लेखा समिति संयोजक देवकान्त चौधरीले आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा आ.ब. २०७५ साउनदेखी २०७६ असारसम्म २ करोड ८६ लाख ८७ हजार ६ सय १८ रुँपैया २७ पैसा बराबरको आयव्यय प्रस्तुत गरे ।
साधारण सभाको उद्घाटन सत्रमा संस्थाका ब्यवस्थापक नेहारानी गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने राजविराज वडा नं. ७ का अध्यक्ष माँगिलाल नाई, पत्रकार नवीन कुमार गुप्तालगायतको अन्य शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ