News Category 2076/08/29
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
राजविराज÷सप्तरीमा हात्तिलगायत जंगली जनावरको आतंकले जनजिवन अशान्त बन्दै गएको । यो समस्या आजको नभई डेढ दशक बढी भइसक्यो तर, आजसम्म समस्याको समाधान हुन सकेको छैन् ।
पछिल्लो पटक जंगली जनावरले एक महिलाको ज्यान लिएको छ भने अर्का बयोबृद्धलाई गम्भिर घाइते बनाएको छ ।
यता जंगली जनावर र हात्ति नियन्त्रण तथा समस्या समाधानका लागि चालु आ.ब.मा संसदीय विकास कोष रकमबाट प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव र राज्यसभा सदस्य सुमनराज प्याकुरेलले ६ करोड रुँपैया समेत छुट्याएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्ष हुँदै जिल्लाको कंचनरुप नगरपालिकासहित केष्णासवरण अग्निसाइर गाउँपालिकामा आउने जंगली हात्तिको समूहले ठूलै धनमालको क्षति गर्ने गरेको छ । हात्तिको आक्रमणबाट झण्डै एक दर्जन व्यक्तिले समेत ज्यान गुमाउनु परेको छ ।
यसैबीच शनिबार कञ्चनरुप नगरपालिकामा जङ्गली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ भने एक बयोबृद्ध घाईते भएका छन् ।
यसरी ज्यान गुमाउनेमा कंचनरुप नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षीया सीतादेवी सदा रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दिउसो ३ बजे उनलाई जंगलमा घाँस काट्ने क्रममा जंगली बँदेलले आक्रमण गरेको थियो । सो आक्रमणबाट सदा घाटीमा गहिरो चोट लागेर गम्भिर घाईते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल लगेपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
त्यसैगरी शनिबारै जंगली हात्तिको आक्रमणमा परि कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने ७५ वर्षीय सनमान भुजेल घाइते भएका छन । आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई अचानक जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
उनलाई स्थानिय स्वास्थ्य चौकी कंचनपुरमा उपचार गराई थप उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ