News Category 2076/08/29
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
राजविराज÷सप्तरीमा हात्तिलगायत जंगली जनावरको आतंकले जनजिवन अशान्त बन्दै गएको । यो समस्या आजको नभई डेढ दशक बढी भइसक्यो तर, आजसम्म समस्याको समाधान हुन सकेको छैन् ।
पछिल्लो पटक जंगली जनावरले एक महिलाको ज्यान लिएको छ भने अर्का बयोबृद्धलाई गम्भिर घाइते बनाएको छ ।
यता जंगली जनावर र हात्ति नियन्त्रण तथा समस्या समाधानका लागि चालु आ.ब.मा संसदीय विकास कोष रकमबाट प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव र राज्यसभा सदस्य सुमनराज प्याकुरेलले ६ करोड रुँपैया समेत छुट्याएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्ष हुँदै जिल्लाको कंचनरुप नगरपालिकासहित केष्णासवरण अग्निसाइर गाउँपालिकामा आउने जंगली हात्तिको समूहले ठूलै धनमालको क्षति गर्ने गरेको छ । हात्तिको आक्रमणबाट झण्डै एक दर्जन व्यक्तिले समेत ज्यान गुमाउनु परेको छ ।
यसैबीच शनिबार कञ्चनरुप नगरपालिकामा जङ्गली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ भने एक बयोबृद्ध घाईते भएका छन् ।
यसरी ज्यान गुमाउनेमा कंचनरुप नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षीया सीतादेवी सदा रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दिउसो ३ बजे उनलाई जंगलमा घाँस काट्ने क्रममा जंगली बँदेलले आक्रमण गरेको थियो । सो आक्रमणबाट सदा घाटीमा गहिरो चोट लागेर गम्भिर घाईते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल लगेपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
त्यसैगरी शनिबारै जंगली हात्तिको आक्रमणमा परि कञ्चनरुप नगरपालिका वडा नं. १२ श्रावणपुर बस्ने ७५ वर्षीय सनमान भुजेल घाइते भएका छन । आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा भुजेललाई अचानक जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
उनलाई स्थानिय स्वास्थ्य चौकी कंचनपुरमा उपचार गराई थप उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर तर्फ लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ