News Category 2076/08/30

रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना

दैनिक समाचारदाता

रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    अत्याधिक रक्सी सेवन गरि मातेर घर आएका पतिले क्रुरतापूर्वक पत्नीलाई निर्घात कुटपिट गरि घाइते बनाएका छन् । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षिया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएपछि घाइते भई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएकी छिन् ।  
    पतिको कुटाईबट घाइते भएकी मन्जुको आँखा, अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ । 
    शनिबार राती अत्याधिक मदिरा सेवन गरि आएका पति राजकुमारले सुरुमा नाबालक छोरालाई कुट्न थालेपछि रोक्न खोज्दा आफूलाई नै कुटपिट गरेको उपचारका क्रममा अस्पतालमा भर्ना भएकी मन्जुले बताईन् । 
    यता पत्निलाई क्रृरतापूर्वक यातना दिने राजकुमार भने फरार छन् । उनको खोजी कार्य भइरहेको सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए । 
    दैनिक मदिरा सेवन गरेर आउने पति राजकुमारलाई सम्झाउन खोज्दा यसअघि पनि पटक पटक लठ्ी र मुडकीले कुटाई खानुपरेको मन्जुले बताइन् ।
    यता गाउँलेहरुले राजकुमार जड्याहाका साथै सन्काहा, शंकालु र अपराधिक मनोबृतीको भएको बताउँदै उनलाई अविलम्ब पक्राउ गरि कडा कारवाही गर्न माँग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट