News Category 2076/09/01
रहेनन् सहप्राध्यापक शरण
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारीशरणको सोमबार उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखी अस्वस्थ्य रहेदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह करिब ३ः३० बजे निधन भएको हो ।
झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेको थिए । उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
उनी सधै अध्ययनशिल रहिरहे पनि जिवनको अन्तिम क्षणमा समेत उनी पत्रपत्रिका र पुस्तक मोहबाट समेत टाढा रहन सकेनन् । भारतीय नागरिक रहेका सहप्राध्यापक शरण आफ्नो सम्पूर्ण अविवाहित जिवन राजविराजस्थित डेराकै घरमा व्यतित गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ