News Category 2076/09/01
कक्षा कोठा र शिक्षक अभावमा पठनपाठनमा अवरोध
चन्दनकुमार यादब
राजविराज, ३० मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिकास्थित ल.व.न.उमाबि बभनगमाकटीमा कक्षा कोठाको अभावमा बिद्याथीहरू समस्यामा परेका छन् ।
कक्षा कोठा भन्दा दोब्बर बिद्यार्थी भएपछि कक्षा ९ र १० का बिद्याथीहरूलाई पठनपाठन गर्न समस्या भएको हो ।
कक्षा ९ र १० मा २ हजार १ सय भन्दा बढी छात्रछात्राहरूलाई राखेर पठाउनु बिद्यालयलाई चुनौती नै भएको छ ।
कक्षा १० मा अहिले दुईवटा सत्र गरेर ५ सय छात्रछात्रा अध्ययनरत रहेका छन् भने कक्षा ९ मा २ सय २५ बिद्याथीहरू पठनपाठन गर्दै आएका छन् ।
.jpg)
जिल्ला कै पुरानो बिद्यालय मध्ये रहेको यस बिद्यालयमा कक्षा कोठाको अभाव र शिक्षक अभावका कारण बर्षाेदेखि यस्ता समस्या झेल्दै आएको बिद्यालयका प्रअ बिपिन झाले बताए ।
उनले भने, “बिद्यालयमा शिक्षकको अभाव त छदै छ, त्यसमा पनि बिषयगत शिक्षकको अभावले गर्दा गुणस्तरिय शिक्षामा पनि कमि भएको छ ।”
बिद्यालयमा बर्षाेदेखि बिषयगत शिक्षक नभएका कारण बिद्यार्थीहरू पठनपाठन अबरोध भए सँगै पढाईको वातावरण समेत बिग्रिएको स्विकार गर्छन् प्रअ झा ।
बर्षाेदेखि बिद्यालयमा ब्यबस्थापन समिति गठन हुन नसक्दा बिद्यालयमा पढाईको वातावरण सँगै शिक्षक अभावले गुणस्तरिय शिक्षामा कमि हुँदै गएको स्थानिय रामनाथ यादबको आरोप छ ।
नियमित पठन पाठन गराउनका लागि बिषयगत शिक्षक नहुदाँ कक्षा ८, ९ र १० कक्षाका बिद्याथीहरू धेरै मर्कामा परेकोले सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।
यता तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले बजेट अभावका कारण बिद्यालयहरूको पुर्वाधार निर्माण गर्न नसकेको बताए ।
उनले पालिका अन्तर्गत ४ वटा माबि र १३ वटा आधारभुत बिद्यालय रहेको सो अनुसार अधिकांश स्कुलमा बिद्यार्थी अनुपातमा शिक्षक र कक्षाकोठा अपुग रहेकोले समस्या हुने गरेको जानकारी दिए । विस २००६ सालमा स्थापित यस बिद्यालयमा २ हजार एक सय छात्रछात्राहरू अध्ययनरत रहेको छ भने कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ