News Category 2076/09/02
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट गायत्री महिला चेतना केन्द्रले घरेलु हिंसाबाट पीडित असहाय र विपन्न महिलाहरुका लागि मंगलवारदेखि जाडो छल्न न्यानो अभियानको शुरुवात गरेको छ ।
छिन्नमस्ता गाँउपालिकाको वडा नं. २ को मुसहरी टोलका चार जना र वडा न. ३ को धोवीयारी टोलका पाँच जना घरेलु हिंसाबाट पीडित गरिब र बिपन्न महिलाहरुलाई एक÷एक थान कम्बल र एक थान स्वेटर वितरण गरेको छ ।
वडा न. २ को मुसहरी टोलका सरस्वतीदेवी सदा, प्रमिलादेवी सदा, शोभियादेवी सदा र बचकैनदेवी सदालाई एक÷एक थान कम्वल र स्वेटर प्रदान गरेको गायत्री महिला चेतना केन्द्रकी अध्यक्ष जुही ठाकुरले जानकारी दिदै उनीहरुलाई श्रीमानले घर निकाला गरेपछि आ–आफनो माईती र मामा घरमा बस्दै आएको बताइन् ।
यसैगरी छिन्नमस्ता गाउपालिका ३ धोबीयारी टोलकी अनितादेबी सदा, अमलादेबी सदा, अमरिकादेवी सदा, अलोधैनदेवी र शनिचरीदेवी सदालाई एक एक थान कम्वल र स्वेटर प्रदान गरिएको छ । तिनीहरु पनि घरेलु हिंसा पीडित हुन ।
अध्यक्ष ठाकुरले जिल्लाभरीका घरेलु हिंसा पीडित एक सय जना महिलाहरुलाई जाडो छल्न कम्वल र स्वेटर वितरण गरिने लक्ष्य संस्थाको रहेको जानकारी दिएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ