News Category 2076/09/02
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
महेन्द्र बिन्देश्वरी क्याम्पसका अवकास प्राप्त सहप्राध्यापक त्रिपुरारी शरणको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीर भारतको सिमरिया घाट लगि अनत्येष्टि गरिएको छ ।
लामो समयदेखी अस्वस्थ्य रहदै आएका अर्थशास्त्र विषयका सहप्राध्यापक शरणको ८१ वर्षको उमेरमा सोमबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
राजविराज ७ स्थित डेराबाट निकालिएको शवयात्रा मविव क्याम्पसको प्राङ्गणमा पुगि श्रद्धाञ्जली सभामा परिणत भएको थियो । सो अवसरमा क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रसहित शिक्षक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरुले स्व. शरणको पार्थिव शरीरमा क्याम्पसको ब्यानर ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो श्रद्धाञ्जली सभामा क्याम्पस प्रमुख मिश्रले स्व. शरण आफूहरुको मार्गदर्शक रहेको बताउँदै उहाँको अवशानले आफूहरुले एक कुशल अभिभावक गुमाएको बताए ।
यस्तै सोही सभामा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले स्व. शरणले अनवरत रुपमा क्याम्पसलाई दिएको करिब ४३ वर्षको कदर हुनुपर्नेमा जोड दिँदै उहाँ एक मृदुभाषि तथा मिलनसार प्राध्यापक रहेको चर्चा गरे । सो अवसरमा नगरपालिकाका उपप्रमुख साधना झाले समेत श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
क्याम्पस प्रशासनले स्व. शरणको सम्झनामा शोक पुस्तिका समेत राखेको बताइएको छ ।
झण्डै ४३ वर्ष शिक्षण पेशामा रहेका सहप्राध्यापक शरण क्याम्पसमा कार्यरत रहँदा र त्यसपश्चात् पनि विद्यार्थी तथा अभिभावकहरुको बीच लोकप्रिय रहेका थिए । उनी आफ्नो विषयका अतिरिक्त अन्य विषयमा समेत चाख राख्ने र बेलाबखत अन्य विषयहरुमा छलफल र सरसल्लाह गरि राख्ने बानी रहेको थियो ।
उनले क्याम्पसमा सन् १९६० सेप्टेम्बर १३ देखि प्राध्यापन शुरु गरि २०५९ पौष ५ गते तद्अनुसार २० डिसेम्बर २००२ मा उमेरका हदले अवकाश प्राप्त गरेका थिए ।
उनी सधै अध्ययनशिल रहिरहे पनि जिवनको अन्तिम क्षणमा समेत उनी पत्रपत्रिका र पुस्तक मोहबाट समेत टाढा रहन सकेनन् । भारतीय नागरिक रहेका सहप्राध्यापक शरण आफ्नो सम्पूर्ण अविवाहित जिवन राजविराज ७ स्थित डेराकै घरमा व्यतित गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ