News Category 2070/11/25
नारी दिवसकै दिन महिलालाई जलाएर मार्ने प्रयास अनुसन्धानका लागि सासु र जेठानी प्रहरी नियन्त्रमा
राजविराज÷अन्तर्राष्ट्रिय नारी दिवस शनिबार मुलुकभरी मनाईरहदाँ सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो एक मुस्लिम महिलालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको छ ।
राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमति अन्दाजी २६ बर्षीया नजराना खातुनलाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको हो । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि बैदेशिक रोजगारका लागि साउदी अरब गएका छन् ।
शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानियहरुको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गराएको स्थानियबासीहरुले जानकारी दिएका छन् ।
आगजनीबाट नजरानाको करिब ९० प्रतिशत शरीरको भाग पुर्ण रुपमा जलिसेको चिकित्सकले बताएका छन् ।
यसैबीच घटनामा संलग्न रहेको आशंकामा नजरानाकी सासु बानो खातुन र जेठानी छन् । दुबै जनालाई अनुसन्धानकालागि शनिवारै हिरासतमा लिएर सोधपुछ थालिसकेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बैदवारले बताउनुभयो । उहाँले अहिले नै यस बिषयमा केही भन्न नमिल्ने बताउनुभयो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि खातुनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।
घरभित्र आगो सल्केको र कोही चिच्याईरहेको आवाज सुनेर त्यहाँ पुगेका स्थानियहरुले घटनास्थलमा मट्टीतेलको गन्ध आईरहेकोले कसैले मट्टीतेल छर्केर आगो लगाएको आशंका गरेका छन् ।
घटना भएका बेला घरमा कोही नभएको र पछि खोज्दै जाँदा एक छिमेकीको घरमा उनकी सासु सहितका तीन महिला फेला परेकोले घटना रहस्यमय रहेको स्थानियहरुले बताएका छन् ।
सासु बानो खातुन र देउरानी नुरजाहा खातुसँग नजरानाको घरायसी बिषयमा पटक पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।
यता पीडित नजरानाका ससुरा मो. महमुद अन्सारीले आफु राजविराजस्थित पसलमा रहेका बेला अचानक एक जनाले आफुलाई घटनाबारे जानकारी गराएपछि मात्र थाहा पाएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ