News Category 2076/09/07
३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर
.jpg)
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ निवासी इन्जिनियर संजिबकुमार साहले आफूले विद्यार्थी कालमा गरिबी जिवनलाई नजिकैबाट भोगेको पीडालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्ययनरत ३ सय ४४ विद्यार्थीलाई न्यानो स्वेटर बितरण गरका छन् ।
आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् ।
शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आएका ई. साहले आयोजित समारोहमा छात्रछात्रालाई न्यानो कपडा वितरण गरे ।
सो समारोहमा शम्भुनाथ नगरपालिका प्रमुख योगेन्द्रप्रसाद चौधरीले बालबिकासदेखि कक्षा आठसम्मका अध्ययनरत छात्रछात्रालाई स्वेटर वितरण गर्दै चिसोले कठ्याग्रिरहेका बच्चाहरुलाई स्वेटर दान दिएर ठूलो समाज सेवाको काम गरेको बताए ।
सो विद्यालयका प्रधानाध्यापक विश्वनाथ गोइतको अध्यक्षतामा आयोजित वितरण समारोहमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भगत, राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वरप्रसाद साह, शभ्म’नाथ वार्ड नं. ५ अध्यक्ष हिरण्य चौधरी, समाजसेवी बिरेन्द्र पण्डित, गैसस कोषाध्यक्ष बौआलाल यादव, वडा सचिव देवनारायण साह लगायतको सभागिता रहेको थियो ।
सोही समारोहमा विद्यालयका तीन शिक्षिकासहित ११ जना शिक्षकलाई समेत एक÷एक थान ज्याकेट प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ