News Category 2076/09/07
३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ निवासी इन्जिनियर संजिबकुमार साहले आफूले विद्यार्थी कालमा गरिबी जिवनलाई नजिकैबाट भोगेको पीडालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्ययनरत ३ सय ४४ विद्यार्थीलाई न्यानो स्वेटर बितरण गरका छन् ।
आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् ।
शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आएका ई. साहले आयोजित समारोहमा छात्रछात्रालाई न्यानो कपडा वितरण गरे ।
सो समारोहमा शम्भुनाथ नगरपालिका प्रमुख योगेन्द्रप्रसाद चौधरीले बालबिकासदेखि कक्षा आठसम्मका अध्ययनरत छात्रछात्रालाई स्वेटर वितरण गर्दै चिसोले कठ्याग्रिरहेका बच्चाहरुलाई स्वेटर दान दिएर ठूलो समाज सेवाको काम गरेको बताए ।
सो विद्यालयका प्रधानाध्यापक विश्वनाथ गोइतको अध्यक्षतामा आयोजित वितरण समारोहमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भगत, राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वरप्रसाद साह, शभ्म’नाथ वार्ड नं. ५ अध्यक्ष हिरण्य चौधरी, समाजसेवी बिरेन्द्र पण्डित, गैसस कोषाध्यक्ष बौआलाल यादव, वडा सचिव देवनारायण साह लगायतको सभागिता रहेको थियो ।
सोही समारोहमा विद्यालयका तीन शिक्षिकासहित ११ जना शिक्षकलाई समेत एक÷एक थान ज्याकेट प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ