News Category 2076/09/07
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
पुस महिनाको सुरुवातसँगै अत्याधिक चिसो बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिनाई भएको भन्दै सप्तरीका पाँच स्थानिय तहले सामुदायिक विद्यालयहरु केही दिनका लागि बन्द गरेको छ ।
राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस नगरपालिका मातहतका ४२ वटै सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार यादबले जानकारी दिएका छन् ।
त्यसैगरि जिल्लाको सप्तकोशी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बिहीबारदेखी पाँच दिनका लागि बन्द गरिएको छ ।
यसैगरी छिन्नमस्ता गाउपालिकाले आईतवारदेखि तीन दिन सम्मका लागि पालिका मातहतका सामुदायिक तथा निजि बिद्यालयहरूको पठनपाठन बन्द गरेको छ ।
यसैबीच सप्तरीको रुपनी गाउँपालिकाले सोमबारदेखि तीन दिन सम्मका लागि जाडो बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रशासकिय अधिकृत ललनकुमार यादवले आइतबार सुचना जारि गर्दै गाउँपालिका भित्र पर्ने सम्पुर्ण संस्थागत (निजी) तथा सामुदायिक बिद्यालय पुस ७ गतेदेखि पुस ९ गते सम्मका लागि चिसो बढेकाले बन्द गर्न सम्बन्धित सबैलार्ई अपिल गरेका छन् ।
त्यस्तै जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाले समेत हवासँगै बढेको चिसोका कारण सोमबारदेखी शुक्रबारसम्म पाँच दिन सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको छ ।
यता तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबारदेखी तीन दिनसम्म विद्यालय बन्द गरेको थियो । आइतबारदेखी उक्त पालिकाका विद्यालयहरु खोलिए पनि चिसो बढ्ने सम्भावना भएमा विद्यालय पुनः केही दिनका लागि बन्द गर्न सकिने गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन ।
यता अत्याधिक चिसो र शितलहर बढेपछि जनजिवन प्रभावित हुनुका साथै बजारमा मानिसकहरुको चहलपहल समेत कम भएको छ । हावा समेत चल्ने हुनाले चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएपछि विभिन्न स्थानिय तहका विद्यालयहरु केही दिनका लागि बन्द गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ