News Category 2076/09/07
लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती !
मुलुक भरीका प्रहरी प्रशासन अहिले लागु पदार्थ र यसका सेवनकर्तालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । तर, पनि लागु पदार्थ र सेवनकर्ता दिनहुँ बढ्दै गएको छ । लागु पदार्थलाई नियन्त्रणका लागि प्रहरीले सबै क्षेत्रमा कडाई गर्नका साथै भारतसँग रहेको खुल्ला सीमानामा निगरानी समेत बढाएको छ । यति मात्र नभएर अवैध रुपमा रोपिएका लागु पदार्थ गाँजाका खेती समेत नष्ट गर्ने गरेको छ । यती गर्दा समेत दिनहुँ जसो लागु पदार्थ र सेवनकर्ता पक्राउ परिरहेका छन् ।
यसरी पक्राउ पर्नेहरुमा अधिकांश यूवाहरु नै रहेका हुन्छन् । कलिलो उमेरमै गलत संगतका कारण लागु पदार्थ सेवन गर्नेतर्फ उनीहरु उन्मूख भएको देखिन्छन् । आफ्नो देशमा लागु पदार्थ सेवन गर्न पाएपछि उनीहरु सीमावर्ती मुलुक भारतसम्म पुग्ने गरेका छन् र आफू सेवन गरेर केही आफ्नै साथमा लिएर नेपालतर्फ आउने गर्छन् । यता लागुऔषध सेवन गर्नेहरुको तथ्याङ्क कहालीलाग्दो रहेको छ । विशेषगरि “टिएनएजर” हरुले लागु औषध सेवन गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । गाँजा, चरेससहित बिभिन्न किसिमको ट्याबलेट, सिरिन्च लगायतको लागूऔषध प्रयोग गरिरहेको देखिन्छ । एक तथ्याङ्क अनुसार झण्डै डेढ लाख बढीको संख्यामा नेपालमा लागु पदार्थ प्रयोगकर्ताहरू रहेको देखाएको छ ।
मुलुकमा बिभिन्न संस्थाहरु लागूऔषधबिरुद्ध काम गर्दै आएपनि यसको सकारात्मक र ठोस पहल हुन सकिरहेको छैन् । नेपालमा लागुपदार्थ प्रयोग गर्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको तथा पढ्न जाने बहानामा विद्यार्थीहरू दुव्र्यसनमा फस्ने गरेका धेरै उदाहरणहरू भेटिन्छन् । तसर्थ लागूऔषध र यसको सेवनकर्ताहरुमा कमी ल्याउन सम्बन्धीत संघ संस्था र प्रहरी प्रशासन अझ महिनेत र कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ