News Category 2076/09/06
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
राजविराज÷सप्तरी समुदायिक विकास केन्द्र नेपालको शनिबार एक कार्यक्रमबीच आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्था अध्यक्ष शम्भुनन्द चौधरीले सो सभामा प्रतिवेदन पेश गर्दै आ.ब. २०७३÷०७४ देखि निरन्तर सुरक्षित आप्रवासन परियोजन संचालन गर्दै सुरक्षित आप्रवासन परियोजनामा उल्लेखिनय पहिचान बनाएको जिकिर गरेका छन् ।
सो अवसरमा संस्थाका अध्यक्ष चौधरीले आब २०७३÷०७४ देखि २०७५÷०७६ को १ करोड १३ लाख ५८ हजार ५ सय ५४ रूपैया वराबरका आयब्य सार्वजनिक गरे ।
सामी हेल्भेटास नेपालद्वारा संचालित सुचना तथा परामर्श केन्द्रमा बैदेशिक रोजगारमा ठगीमा परेका २ सय ५८ वटा उजुरी उपर छलफल गरि पीडितको १ करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपुर्ति दिलाउन सफल भएको उनले जानकारी दिए ।
त्यस्तै बैदेशिक रोजगार प्रवद्र्धन वोर्डवाट आव २०७५÷०७६ मा ७७ जना वालबालिकाहरूको लागि ६ लाख ६० हजार तथा बैदिशक रोजगारको शिलशिलामा करार अबधि भित्र ज्यान गुमाएको परिवारलाई वोर्डबाट २ करोड ७८ लाख ५३ हजार क्षतिपुर्ति दिलाएको उनले बताए ।
त्यस्तै संस्थाले बाढी प्रभाबित क्षेत्र अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिका ४ का १ सय १३ परिवारलाई २० हजारको दरले घर निर्माण सामग्री, खाधान्न, भाडाकुडा सहितको राहत प्याकेज बितरण गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै रूपनी गाउँपालिका र बोदेबरसाईन नगरपालिकाको साझेदारीमा सुरक्षित बैदेशिक रोजगार प्रबद्र्धवनका लागि सचेतनामुलक कार्यक्रम समेत गरेको जनाइएको छ ।
सो अवसरमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चौधरीले सामाजिक तथा आर्थिक रूपमा पिछडिएका बर्गको जिवनस्तरमा गुणात्मक सुधार ल्याई बालवालिका तथा महिलाहरूको अधिकारमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले गरिबी, विपन्न दलितहरूको आयस्तरमा सुधार, स्वास्थ, शिक्षा, सरसफाई तथा मानव अधिकार सम्बन्धी समुदायमा जनचेतना अभिबृद्वि गर्ने सामाजिक बिकृति जातिय भेदभाव छुवाछुत रूढीवादी परम्परागत बिचारलाई हटाउनको साथै पर्यवारणिय दृष्टीले वातावरण संरक्षण कार्यमा सहयोग गर्दै आएको उल्लेख गरे ।
संस्थाले स्वास्थ, शिक्षा, सरसफाई, भवन निर्माण, सुरक्षित आप्रवासी श्रोत केन्द्र लगायतका विभिन्न कार्यक्रम संचालन गरेको बताईएको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादबको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख आतिथि यादवले गमलामा पानी हालेर कार्यक्तमको उद्घाटन गरेका थिए ।
सो अवसरमा गैसस केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देव, समितिका अधिकृत नवराज खड्का, तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अवधेश कुमार झा, नेपाल पत्रकार महासघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सप्तरी उद्योग बाणिज्य संघका अरूण प्रधान, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, सहप्राधयापक सुरेन्द्र प्रसाद गुप्ता, मैथली साहित्य परिषद अध्यक्ष सतिश कुमार दत्त, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेब मण्डल, एसएनभिका कृष्ण जिसी, हरि बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एससिडिसीको नयाँ कार्य समिति चयन
राजविराज÷सप्तरी समुदायिक विकास केन्द्र नेपालको शनिबार सम्पन्न २१ औं वार्षिक सधारण सभाको बन्द सत्रबाट पुनः शम्भुनन्द चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा मिथिलेश कुमार यादव, सचिवमा महेश कुमार भगत, सहसचिवमा कौशल्या कुमारी यादव र कोषाध्यक्षमा खेलानन्द चौधरी रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा रमेश कुमार राम, कौशल्या विश्वकर्मा, रिना यादव र नवीनकुमार गुप्ता रहेको निर्वाचन समितिका संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ