News Category 2076/09/09
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर

दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका सडकखण्डमा मंगलबार दिउँसो बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
राजविराजबाट लहानतर्फ जाँदै गरेको ना.३ख. १२६९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६५प. ९०४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर गाउँपालिका ३ बस्ने ३५ वर्षिय अरुणकुमार साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछिल्लो सिटमा सवार सोही वडाकी २९ वर्षिया कल्पना साह गम्भिर घाइते भएकी छिन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।
घटनापछि बस चालक भने बस घटनास्थलमै छाडी फरार भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ