News Category 2076/09/09
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सात महिना अघि रोजगारीका लागि मलेशिया पुगेका सप्तरीको राजगढ गाउँपालिका ४ चपेना निवासी एक यूवकको मृत शरीर बाकसमा फर्किएको छ ।
रोजगारीका लागि गत जेठ महिनामा साथीभाईसँगै मलेशीया पुगेका राजगढ गाउँपालिका ४ चपेनाका ३० वर्षिय मनोज कुमार मुखियाँको मंगलबार साँझ बाकसमा मृत शरीर आइपुगेको हो ।
उनी मलेशियाको सैलेङ्गर जिल्लास्थित सिकेएग्रोन नामक कम्पनीमा हेल्पर पदमा काम गर्दै आएका थिए ।
मंगलबार राती मृत शरीर बाकसमा घर आएपछि अहिले आफन्तसँगै सप्तरीको राजगढ गाउ शोकमा डुबेको छ ।
मृतकका बुबा चलित्तरले कम्पनीमा काम गर्दै गरेको बेला पुस १ गेतका दिन त्यही कम्पनीका केही व्यक्तिले छोरालाई छतबाट धक्का दिएर लडाएपछि सो घटना भएको खबर आफूले प्राप्त गरेको बताएका छन् ।
उनले घटना बारे छानबिन, दोषिलाई कारवाही तथा क्षतिपूर्तीका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह समेत गरेका छन् ।
विगत १० वर्षको अवधीमा रोजगारीका लागि विदेशिएका मध्ये सप्तरीका १ सय ३६ जना यूवाको विभिन्न घटनामा परि मृत्यु भएको अप्रवासी श्रोत केन्द्र राजविराजको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ