News Category 2076/09/09
दुर्घटनामा दुई जनाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डस्थित बिरेन्द्र बजार नजिकै जिप र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ ।
मंगलबार राती १० बजेतिर तिब्र गतिमा गुडिरहेका स.१०प. ८२५ नम्बरको मोटरसाइकल र ज.१च. १३८१ नम्बरको जिप एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षिय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सीटमा सवार सोही वडाका ३२ वर्षिय प्रभास यादव छन् ।
दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।
जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ