News Category 2076/09/12

मानवअधिकार वर्षपुस्तक स्थितिसूचक जनवरी–डिसेम्बर २०१९, सप्तरी

दैनिक समाचारदाता

मनोहर पोखरेल
    सप्तरीमा २०१९ जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७५ पुष १७ गतेदेखि ०७६ पुस ८ गतेसम्म राज्यबाट एक युवक, अज्ञातबाट एक ज्येष्ठ नागरिक दम्पति, अज्ञातबाट दुई बालिका, छोराबाट एक ज्येष्ठ नागरिक बुवा, छोराबाट एक ज्येष्ठ नागरिक आमा, बुवाआमाबाट एक बालिका, आमाबाट दुई बालक र एक बालिका, पतिलगायत परिवारका सदस्यहरुबाट ६ महिला तथा युवाहरुको समूहबाट एक शिक्षक, अज्ञातबाट २ महिला, साथीहरुबाट एक बालक र एक युवक गरी २२ जनाको हत्या घटना भयो ।
    गोली प्रहारको २, बम विष्फोटको १, अपहरणको १, अपहरण प्रयासको एक, कुटपिटका दुई घटना भए । गर्भपतनको १, बालक कुटपिटको २, बालविवाहको १ घटना भए ।
    बलात्कारको घटनाबाट यो वर्ष ३२ बालिका पीडित भइन् । बालिका बलात्कार प्रयासका ६ घटनामा ६ जना पीडित भए । बाल यौन दुव्र्यवहारको ३ घटना भए । बालबालिका अपहरणका ६ घटनामा पाँच बालिका र एक बालक पीडित भए भने ११ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन्, तीन जना फरार छन् भने एक जना धरौटीमा रिहा भए एक जना बालसुधार गृहमा छन् । बालबालिका विरुद्धको कसूरको एउटा घटनामा एक जना धरौटीमा र बाल दुरुपयोगको एक घटनामा चार जनाले सफाई पाए । 
    महिला बलात्कारका १२ घटनामा आँखा नदेख्ने, बोल्न नसक्ने र राम्रो बोल्न नसक्ने समेत गरी १२ जना पीडित भइन् । बलात्कार प्रयासका ३ र यौन दुव्र्यवहारका ४ घटना अभिलेख भयो । कथित बोक्सीको आरोपमा अमानविय व्यवहारका ८ घटना भए । यो वर्ष बहुविवाहका १३ वटा घटना सार्वजनिक भए । 
    सन २०१९ को अवधिमा इन्सेकले जिल्लामा घटेका ३३ वटा गम्भिर खालका घरेलु ंिहसाको घटना अभिलेख गरेको छ । पति र घर परिवारका सदस्यहरुले विवाह दर्ता, जन्म दर्ता र नागरिकता बनाउन अस्विकार गरेर, थप दाइजो मागेर, छोरी मात्र भएको दोष दिएर, अर्को विवाह गर्न खोजेर, बहुविवाह गरेर, चरित्रहिनको आरोप लगाएर, मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गरेको पाइयो । आरोपितहरुले लात, मुक्का, लाठी, फलामका धारिलो हतियार समेतको प्रयोग गरी कुटपिट गर्ने, गालीगलौज गर्ने, खानलाउन नदिई बन्धक बनाउने, उपचार खर्च नदिने, कुटपिट गरी घरनिकाला गर्ने, बहुविवाहको धम्की दिने गरेको पीडितहरुले बताए । 
    आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा ८ घटना अभिलेख गरिएकोमा तीन वटा घटनामा जिल्ला समन्वय समितिको मोटरसाइकल, सशस्त्र प्रहरीको सवारी साधन, शिक्षा समन्वय समितिको कार्यालयका झ्यालका सिसाहरुमा ढुंगा प्रहार गरी प्रदर्शनकारीले क्षति पु¥याए । एक घटनामा कालाजारका एक बिरामीले उपचार पाएनन । एउटा मोटरसाइकल र एउटा अटोरिक्सा जलेर पूर्ण नष्ट भयो । दुई ट्रकमा तोडफोड र राजविराजस्थित गनासिं अस्पतालमा प्रदर्शनका क्रममा समानहरु बाहिर मिल्काउने घटना भयो । 
२०१९ जुलाईदेखि डिसेम्बर
नागरिक तथा राजनीतिक अधिकार
सम्मानित रूपले बाँच्ने अधिकार
हत्या
गैरराज्यबाट
    महादेवा गापा–१ पकरी कुजराही टोलका ६२ वर्षीय मो. गफुर पमरियालाई ०७६ असोज १९ गते उनकै पत्नी ५० वर्षीया जमुनी खातुन र छोरा २३ वर्षीय नइम पमरियाले हत्या गरेको भन्दै मृतकका भाई मो. इसराइल पमरियाले जिप्रकामा असोज २० गते उजुरी दिए । जमुनी र नइम असोज २० गते गिरफ्तार भए । जिल्ला अदालतको आदेशमा कात्तिक २० गतेदेखि आरोपित नइम पुर्पक्षका लागि थुनामा छन् भने आरोपित जमुनी साधारण तारेखमा रिहा भइन् । अभिलेख नम्बर ः १३६
    कञ्चनरुप नपा– ५ पिप्रा टोलका २३ वर्षीय अजयकुमार मुखियालाई कात्तिक १ गते राती सोही ठाउँका ४५ वर्षीय श्रीलाल सरदार, उनका कान्छा छोरा १९ वर्षीय बिजय सरदार, २४ वर्षीय बबरी भनिने रमेश सरदारलगायत आठ जनाले हत्या गरेको भन्दै उनका वुवा जनक मुखियाले इप्रका कञ्चनरुपमा कात्तिक १३ गते उजुरी दिए । श्रीलाल उदयपुरको कटारीबाट कात्तिक ४ गते गिरफ्तार भए । श्रीलालले बताएको स्थानमा शव फेला नपरेपछि कात्तिक ९ गते श्रीलालका कान्छा छोरा बिजय गिरफ्तारीमा परेपछि अनुहारमा पेट्रोल छर्किएर आगोले जलाइएको अवस्थामा शव फेला प¥यो । इप्रका कञ्चनरुपले कात्तिक १३ गते कर्तव्य ज्यानको उजुरी दर्ता ग¥यो । श्रीलाल पुर्पक्षका लागि थुनामा र बिजय धरौटीमा रिहा भए । अन्य आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १४३
गोली प्रहार
    डाक्नेश्वरी नपा–७ का २४ वर्षीय भगवती मण्डलमाथि असोज ५ गते मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहले ०७६ असोज ५ गते राति डाक्नेश्वरी नपा–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक गोली प्रहार गरी घाइते बनाए । प्रहरीले घटनास्थलबाट नाइन एमएमको गोलीको खोका एक थान र नाइन एमएमको मिस फायर राउण्ड एक थान फेला पा¥यो । उनको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भयो । आरोपित फेला परेन् । अभिलेख नम्बर ः १२८
बालअधिकार
हत्या
    सिरहाको गोलबजार नपा–९ का १२ वर्षीय मो. तरिक शेख, तीन वर्षीय आसिलम शेख र २ बर्षीया आजमिन खातुनलाई असार २० गते उनीहरूका आमा ३५ वर्षीया रुक्साना खातुनले हत्या गरेको भन्दै उनकी सासु ७० वर्षीया जलेखा खातुनले असार २२ गते इप्रका कञ्चनरुपमा उजुरी दिइन् । भारदहस्थित सप्तकोशी नदीमा चार सन्तानलाई फालेर आत्महत्याको प्रयास गरेकोमा आरोपित र माइला छोरा पाँच वर्षीय तहसिल बाँच्न सफल भए । खातुनका दुई छोरा र एक छोरी अहिलेसम्म वेपत्ता छन् । जिल्ला अदालतको आदेशमा साउन १५ गतेदेखि रुक्साना पुर्पक्षका लागि थुनामा छिन् । आत्महत्याको दुरुत्साहनको अभियोगमा उनका पति मो. तैयव राइनलाई जिल्ला अदालतले ७० हजार धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा ग¥यो । अभिलेख नम्बर ः ०९५ 
    राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मङ्सिर ४ गते दिउँसो १ः३० बजे हत्या गरिएको शंकास्पद अवस्थामा घरमै शव फेला प¥यो । घाँटीमा गोलो निलडाम रहेको अवस्थामा फेला परेको शव शंकास्पद भएको भन्दै मङ्सिर ५ गते धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भयो । घटनाबारे केही पत्ता लागेको छैन् । अभिलेख नम्बर ः १५१
    खडक नपा– १० का १५ वर्षीय सागर सरदारको मङ्सिर ८ गते सोही ठाउँका ४८ वर्षीय शिबनारायण साह, २१ वर्षीय जितेन्द्र सरदार, १९ वर्षीय देबेन्द्र सरदार र चार जना बालकले बगैचामा खेल्ने क्रममा हत्या गरी शव लुकाउन खोजेको भन्दै मृतककी दिदी मनिषा सरदारले मङ्सिर १३ गते इप्रका कल्याणपुरमा उजुरी दिइन् । हत्याको आरोपमा सप्तरी प्रहरीले सातै जनालाई मङ्सिर १३ गते गिरफ्तार ग¥यो । शिवनारायणको बारीमा लगाएको गाँजा चोर्न प्रवेश गरेका बालकहरुमध्ये सागरको करेण्ट लागेर मृत्यु भएको गिरफ्तार सागरका अन्य साथीहरुले बताए । जिल्ला अदालतको पुस ३ गतेको आदेशअनुसार शिवनारायण ५० हजार, देबेन्द्र र जितेन्द्र जनही १५ हजार धरौटीमा रिहा भए भने आरोपित अन्य चार बालकहरु संरक्षकको जिम्मामा रिहा भए । अभिलेख नम्बर ः १५२
    एक नवजात शिशुको मङ्सिर २८ गते हत्या गरी रुपनी गाउँपालिका– ३ हर्दियास्थित पोखरीमा फालिएको अवस्थामा शव फेला प¥यो । नवजात शिशु बेवारिसे अवस्थामा कस्ले किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहे पनि केही पत्ता लागेको छैन् । अभिलेख नम्बर ः १६२
बलात्कार
    १८ वर्षीया बालिकालाई जेठ २१ गते राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबले बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा जेठ २२ गते जिप्रकाले गिरफ्तार ग¥यो । विवाह गर्ने, गराई दिने राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवको विश्वासमा वडा नम्बर ११ का वडा अध्यक्ष संजय यादवको रोहबरमा आरोपित जेठ २३ गते राति ७ बजे दाजु गजेन्द्र यादवको जमानतमा छुटे । जिप्रकासमक्ष जेठ २४ गते दिएको उजुरी दर्ता नभए पछि पीडितले असार ५ गते जिल्ला हुलाक कार्यालयमार्फत उजुरी पठाइन् । जिल्ला सरकारी वकिल कार्यालयले असार ८ गते उजुरी दर्ता गर्न गरेको निर्देशन समेत नमाने पछि पीडितले प्रहरी विरुद्ध परमादेशका लागि उच्च अदालत जनकपुर राजविराज इजलाशसमक्ष रिट निवेदन दिइन् । उच्च अदालतको इजलाशले असार १२ गते उजुरी दर्ता गर्न परमादेश जारी ग¥यो । तर पनि उजुरी दर्ता नभए पछि पीडितले असार २६ गते प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा लिखित निवेदन दिदै प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम् डिआइजी प्रधुम्नकुमार कार्की समक्ष गुनासो गरे । जिप्रकाले साउन १३ गते जबरजस्ती करणीको उजुरी दर्ता गर्दै सोही दिन राजविराजस्थित गनासिं अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरायो । आरोपितलाई प्रहरीले साउन २९ गते गिरफ्तार ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित भदौ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०८८
    १२ वर्षीया बालिकालाई असार १८ गते १६, १५, १४ र ११ वर्षीय बालकहरूले सामुहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इप्रका कञ्चनरुपमा असार २४ गते उजुरी दिइन् । आरोपितहरू गाउँटोलकै भएको र त्यसमध्ये एक जना पारिवारिक सदस्यभित्रको नातामा दाजु पर्ने व्यक्ति भएकाले गाउँमै मिलाउने भन्दै दवाव आएपछि उजुरी गर्न ढिलो भएको पीडितकी आमाले बताइन् । साउन १० गते गिरफ्तार एक आरोपित १० वर्ष आठ महिनाका बालक ठहरिए पछि बुवाको संरक्षणमा छुटे । आरोपितमध्ये १४ वर्षीय एक महिनाका एक बालकलाई प्रहरीले साउन १७ गते गिरफ्तार ग¥यो । अदालतको आदेशमा आरोपित बालकहरु भदौ ९ गते पुर्पक्षका लागि बुवाको संरक्षणमा रिहा भए । अन्य दुई जना आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०९२
    १४ वर्षीया बालिकालाई असार १८ गते उनकै काकी ३५ वर्षीया महिलाको सहयोगमा तिलाठी कोइलाडी गापा–७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माध्यमिक बिद्यालयका कार्यालय सहयोगी ४० वर्षीय शिवशंकर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिप्रकामा उजुरी दिइन् । जिप्रकाले असार २४ गते उजुरी दर्ता गरी आरोपित महिलालाई सोही दिन गिरफ्तार ग¥यो । खोजी भएका बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा जिप्रकाबाट साउन १५ गते गिरफ्तार आरोपित जमानतमा रिहा भए । अभिलेख नम्बर ः ०९३
    १८ वर्षीया बालिकालाई साउन १७ गते राति रुपनी गापा–४ छप्कीका १९ वर्षीय सियाराम राम र २० वर्षीय प्रदिप भनिने आनन्द रामले बलात्कार गरेको भन्दै पीडितले साउन १९ गते जिप्रकामा उजुरी दिइन् । जिल्ला अदालतको ०७६ भदौ ११ गतेको इजलाशले सियाराम बालसुधार गृह विरगञ्जमा र आनन्द पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १०७
    सुस्त मनस्थितीकी १४ वर्षीया बालिकालाई ०७६ साउन २९ गते राति खडग नपा–७ मझौका ४५ वर्षीय नारायण घिसिङ्गले बलात्कार गरेको भन्दै पीडितकी आमाले इप्रका कल्याणपुरमा साउन ३१ गते उजुरी दिइन् । फरार आरोपितविरुद्ध भदौ ८ गते पक्राउ पुर्जि जारी भयो । अभिलेख नम्बर ः ११३
    साढे तीन वर्षीया बालिकालाई ०७६ भदौ ६ गते १४ वर्षीय एक बालकले बलात्कार गरेको भन्दै पीडितकी आमाले भदौ ७ गते इप्रका कडरबोनामा उजुरी दिइन् । जिल्ला अदालतको इजलाशले भदौ १९ गते आरोपितलाई बालसुधार गृह बिरगञ्ज पठायो । अभिलेख नम्बर ः ११५
    १३ वर्षीया बालिकालाई भदौ १२ गते राति राजविराज नपा–४ का २२ वर्षीय आसमान निरालेले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिप्रकामा भदौ १३ गते उजुरी दिइन् । भदौ १३ गते गिरफ्तार आरोपित ०७६ असोज ६ गतेदेखि कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ११९
    १६ वर्षीया बालिकालाई ०७६ भदौ ११ गते अग्नीसाइर कृष्णसवरन गापा–२ सितापुरका १८ वर्षीय देवकरण सिंहले बलात्कार गरेको भन्दै पीडितकी आमाले इप्रका कञ्चनरुपमा उजुरी दिइन् । प्रहरीले नियन्त्रणमा लिई भदौ १२ गते दुबै जनाको स्वास्थ्य परिक्षण गरायो । एउटै विद्यालयमा पढने चिनजानको साथी भएकोले एकै ठाउँमा बसेको देखि अन्य केटाहरुले गलत गर्दैछौ भनी कुटपिट गरेकाले बालिकाकी आमाले उजुरी दिएको दुबैले बताए । अभिलेख नम्बर ः १२३
    १७ वर्षीया बालिकालाई भदौ २५ गते छिन्नमस्ता गापा–६ का २८ वर्षीय चन्दन सदाले बलात्कार गरेको भन्दै पीडितकी दिदीले जिप्रका सप्तरीमा भदौ २८ गते उजुरी दिइन् ।  आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १२६
    १६ वर्षीया बालिकालाई असोज ९ गते तिरहुत गापा–५ लोहजाराका सन्तोष मुखियाले बलात्कार गरेको भन्दै पीडितका दाजुले असोज १२ गते इप्रका कञ्चनरुपमा उजुरी दिए । पीडितले फोनमार्फत दाजुलाई खबर गरे पछि प्रहरीद्वारा आरोपितको घरबाट उद्धार भएकी बालिकाले घटनामा अन्य दुई युवा पनि संलग्न भएको बताइन् । आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १३२
    १५ वर्षीया बालिकालाई असोज २२ गते खडग नपा–७ का २० वर्षीय जयकृष्ण साहले अपहरण गरी बलात्कार गरेको भन्दै पीडितका बुवाले इप्रका कडरबोनामा असोज २४ गते उजुरी दिए । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १३७
    १५ वर्ष ११ महिना सात दिनकी बालिकालाई कात्तिक १४ गते खडग नपा–९ बस्ने २१ वर्षीय मो. नौसाद आलमलगायतका चार जनाले अपहरण गरी शरिर बन्धक बनाएको भन्दै पीडितका बुवाले इप्रका कञ्चनरुपमा उजुरी दिए । कात्तिक १५ गते हुलिया जाहेरी दिएकोमा आरोपितहरुको पहिचान भएपछि किटानी उजुरी दिए । पीडित र आरोपित हालसम्म फेला परेका छैनन् । अभिलेख नम्बर ः १४५
    १७ वर्षीया बालिकालाई कात्तिक २६ गते सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महराले बलात्कार गरेको भन्दै पीडितका बुवाले जिप्रका सिरहामा मङ्सिर ३ गते उजुरी दिए । घटनास्थल सप्तरी भएको भन्दै सिरहा प्रहरीले कारवाहीका लागि मङ्सिर १६ गते जिप्रका सप्तरीमा पत्रसहित फायल पठायो । सिरहा प्रहरीले आरोपितलाई मङ्सिर २२ गते गिरफ्तार गरी मङ्सिर २३ गते जिप्रका सप्तरीमा कारवाहीका लागि बुझायो । अभिलेख नम्बर ः १५०
    १७ वर्षीया बालिकालाई मङ्सिर १५ गते डाकनेश्वरी नपा–५ का २० वर्षीय सियाराम मण्डल खत्वेले बलात्कार गरेको भन्दै पीडितकी आमाले इप्रका कडरबोनामा मङ्सिर ३० गते उजुरी दिइन् । इप्रका कडरबोनाले उजुरी दर्ता गरी मङ्सिर ३० गते आरोपितलाई गिरफ्तार ग¥यो । आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको आरोपितले बताए । अभिलेख नम्बर ः १५८
    १६ वर्षीया बालिकालाई मङ्सिर २५ गते राति रुपनी गापा–२ का २० वर्षीय चन्दनकुमार मण्डल र १८ वर्षीय पंकजकुमार मण्डलले बलात्कार गरेको भन्दै उनकी आमाले जिप्रकामा पुस १ गते उजुरी दिइन् । घाइते पीडितको रुपनीस्थित युनिक अस्पतालमा मङ्सिर २८ गतेसम्म उपचार भयो । जिप्रकाले उजुरी दर्ता नगरेपछि पीडितकी आमाले जिल्ला हुलाक कार्यालयमार्फत पुस ३ गते रजिष्ट्ररी गरी उजुरी पठाए। जिप्रकाले स्वास्थ्य परिक्षण गरेपनि उजुरी दर्ता नभएको जनायो ।  अभिलेख नम्बर ः १६०
    १८ वर्षीया दृष्ट्रिविहीन बालिकालाई पुस २ गते कञ्चनरुप नपा–२ का ४० वर्षीय बिलाल शेषले बलात्कार गरेको भन्दै पीडितकी आमाले इप्रका कञ्चनरुपमा पुस २ गते उजुरी दिइन् । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १६३
बलात्कार प्रयास
    ११ वर्षीया बालिकालाई असार २३ गते विहान बोदे बर्साइन नपा–३ का ३५ वर्षीय मो. मुस्ताक भनिने अत्ता हुसेनले बलात्कार प्रयास गरेको भन्दै पीडितकी आमाले इप्रका कल्याणपुरमा उजुरी दिइन् । आरोपितले पानी खान जाँदा गालीगलौज गर्ने पीडितलाई मुख सम्हालेर नबोले झापड खाउली सम्म भनेको बताए । आरोपित पुर्पक्षका लागि साउन १६ गतेदेखि थुनामा छन् । अभिलेख नम्बर ः ०९६
    १६ वर्षीया बालिकालाई ०७६ साउन २३ गते कञ्चनरुप नपा–२ का ३० वर्षीय चन्द्रनारायण साहले जबरजस्ती समातेर यौन दुव्र्यवहार गरेको भन्दै उनकी आमाले इप्रका कञ्चनरुपमा साउन २४ गते उजुरी दिइन् । जिल्ला अदालतले भदौ १२ गते आरोपितलाई ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा ग¥यो । अभिलेख नम्बर ः ११२
    १० वर्षीया बालिकालाई मङ्सिर ११ गते १४ वर्षीय बालकले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले इप्रका कडरबोनामा उजुरी दिए । आरोपितले खान माग्दै आएकी बालिकालाई आफ्नो घर जा भन्दा होहल्ला गरेर झुठो भ्रम फैलाएको बताए । जिल्ला अदालतको पुस ३ गतेको आदेशमा आरोपित बालक संरक्षकको जिम्मामा रिहा भए । अभिलेख नम्बर ः १५४
बाल यौन दुव्र्यवहार
    १८ वर्षीया बालिकालाई ०७६ भदौ २६ गते छिन्नमस्ता गापा–६ का १६ वर्षीय बालकले यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी काकीले जिप्रकामा भदौ २७ गते उजुरी दिइन् । पीडितको घरमा यौन दुव्र्यवहार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएकोले उजुरी गरेको पीडितकी काकीले बताइन् । दुबै जनाको भदौ २७ गते राजविराजस्थित गनासिं अस्पतालमा स्वास्थ्य परिक्षण भयो । साढे एक वर्षदेखि प्रेम रहेको र चतुर्दशी मेलाबाट फर्किदा चटपटी किनेर उनको घरमा जाँदा काकीले भेंटेको आरोपितले बताए । पहिले सम्बन्ध रहे पनि अहिले कुनै सम्बन्ध नरहेको पीडितले बताइन् । प्रहरीले भदौ २८ गते दुबैलाई अभिभावकको जिम्मा लगायो । अभिलेख नम्बर ः १२७
    १५ वर्षीया बालिकामाथि मङ्सिर १९ गते ३५ वर्षीय अपरिचित एक व्यक्तिले यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले मङ्सिर २० गते जिप्रकामा उजुरी दिइन् । ट्युशन पढी घर फर्किरहेका बेला जबरजस्ती एकान्तमा लैजान खोज्दा प्रतिकार गरेपछि कुटपिट गरी भुईमा लडाई आरोपितले बलात्कार प्रयास गर्दै छातीमा टोकेको र उसैबेला छेउको घरको बालिका जोडले रोएपछि फरार भएको पीडितले बताइन् । पीडित परिवारले निवेदनका साथ शंकास्पद व्यक्तिको फोटो, हुलिया र मोबाइल नम्बर दिई पहिचान गर्न माग गरेका छन् । जिप्रकाले लिखित उजुरी लिन नमिल्ने तर ठाडो उजुरी दिए घाउँजाँच परिक्षण गर्न अस्पताल पठाउने अडान राखेपछि प्रमाण सुरक्षित गर्न पीडितकी आमाले घाउँजाँच परिक्षणकै लागि ठाडो उजुरी दिइन् । उजुरी दिन पीडित बालिकाका साथ आमा र मामा नभई पीडितका बुवा नै आउनु पर्ने समेत प्रहरीले बतायो । अभिलेख नम्बर ः १५९
बालविवाह
    राजगढ गापा–५ की २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले असोज २६ गते अग्नीसाइर कृष्णसवरण गापा ६ महुलीकी १८ वर्षीया अनीता भनिने बिष्णुमाया राईसँग बालविवाह तथा बहुविवाह गरेको भन्दै पीडितका बुवाले जिप्रकामा कात्तिक २९ गते उजुरी दिए । महुली बजारमा मोबाइल मर्मत पसल सञ्चालन गरी डेरा गरी बस्ने आरोपितसहित उनका बुवा, आमा र बहिनीको मिलेमतोमा बाल तथा बहुविवाह भएको भन्दै दिएको उजुरी प्रहरीले लिएन् । आरोपितहरूले दोस्रो विवाह गरेको स्विकारेको अडिओ रेकर्ड, बालिकाको उमेर प्रमाणित हुने विद्यालयको प्रमाणपत्र, बालिकाकी दिदीले आरोपित कमलविरुद्ध जिप्रका र उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको परमादेशसहितको प्रमाणका साथ उजुरी लिएर जाँदा समेत प्रहरीले उजुरी दर्ता गरेन । अदालतको आदेशमा पीडितको मङ्सिर १६ गते घाउँजाँच परिक्षण भयो । अभिलेख नम्बर ः १४८
अपहरण
    हनुमाननगर कंकालिनी नपा–९ स्थित मामाघर आएकी मोरङ्गको धनपालथान गापा–५ दादरबैरीयाकी आठ वर्षीया आँचल शर्मालाई कात्तिक १४ गते भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली १८ बथनाहाका २० वर्षीय आनन्द गोसाई र कुनौली ४ बैरियाघाटका १६ वर्षीय अनिल भनिने दुर्गानन्द झाले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिर्ई प्रहरीको जिम्मा लगायो । जिल्ला अदालतको आदेशमा मङ्सिर १२ गते आरोपित गोसाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा र बालक झा बालसुधार गृह बिरगञ्जमा छन् । अभिलेख नम्बर ः १४६
कुटपिट
    सुरुङ्गा नपा–३ दौलतपुरका नौ वर्षीय प्रकाश चौधरीलाई साउन ७ गते उनकी आमा ३० वर्षीया पुष्पा चौधरीले लाठी प्रहार गरी निर्घात कुटपिट गर्दा बालकको शरिरभरी निलडामको चोट र फुटेर ठाउँ–ठाउँमा रक्ताम्य भयो । गाउँका बाख्रा चराउन जाने ठूला उमेरका साथीहरुले सिकाए अनुसार आमा धान रोप्न खेत गएका बेला घरबाट रुपियाँ चोरेकाले शौचालयमा थुन्नुका साथै लाठीले बेस्सरी कुटेको बालकले बताए । जिल्ला बाल क्लब सञ्जाल र वडा बाल संरक्षण समिति कारवाही प्रकृयामा अगाडि बढेपछि आरोपित आमाले पुनः नकुटने प्रतिबद्धता गरेकी तथा वडा अध्यक्ष र सदस्यहरुले समेत घटना नदोहोरिने भन्दै जिम्मा लिएपछि आपसमा सहमति गराइयो । अभिलेख नम्बर ः १००
    राजविराज नपा–५ स्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीय सुमितकुमार भगतलाई असोज २८ गते होस्टल वार्डेन २७ वर्षीय चन्दनकुमार झाले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका बुवा ४६ वर्षीय सदानन्द भगतले जिप्रका, सप्तरीमा सोही दिन उजुरी दिए । विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल नरेशप्रताप साहले अध्ययनप्रति रुची नभएका पीडितलाई सुधार्नका लागि उनका अभिभावकले नै वार्डेनलाई सजाय दिन उत्प्रेरित गर्ने गरेकोले घटना भएको बताए । घटनाको विषयमा छलफल पश्चात आरोपितले घाइतेको स्वास्थ्य परिक्षण र उपचार गराउने भनी असोज २९ गते सहमति भयो । अभिलेख नम्बर ः १४१
महिला विरुद्ध हुने सबै किसिमको भेदभाव
हत्या
    सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ उनकै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार ग¥यो । जिल्ला अदालतको आदेशमा अराोपित साउन ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०९४
    हनुमाननगर कंकालिनी नपा–७ की २५ वर्षीया हीरादेबी मण्डललाई असार २७ गते साँझ उनका पति ३० वर्षीय बैजनाथ मण्डल, ससुरा र सासुले कर्तव्य गरी ज्यान मारेको भन्दै मृतकका बुवा बिष्णुपुर गापा–४ सिम्राहा सिग्यौनका ५१ वर्षीय बुधाइ मण्डलले असार २९ गते जिप्रकामा उजुरी दिए । दाहसंस्कारका लागि शव बुझेर लैजाने क्रममा विवाद भएपछि असार २८ गते मृतकका पति बैजनाथलाई प्रहरीले नियन्त्रणमा लियो । हत्याको उजुरी दर्ता नगरी बैजनाथलाई समेत छाडेको आरोप लगाउँदै मृतकको माइती पक्षले साउन १ गते राजविराजमा पत्रकार सम्मेलन गरे । आरोपितहरूले हत्या नभई मृतकले आत्महत्या गरेको बताए । घटनाको प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएकोले दाह संस्कारका लागि बैजनाथलाई जमानतमा छाडिएको प्रहरीले जनायो । अभिलेख नम्बर ः ०९७
    सुरुङ्गा नपा–४ कनकपुरकी १८ वर्षीया पुनम यादवलाई असार ३० गते राति उनका पति २० वर्षीय सतिश यादव, ससुरा, सासु र जेठानीले हत्या गरेको भन्दै मृतकका दाजु सिरहाको सखुवा नन्कारकट्टी गापा–२ का २३ वर्षीय पवन यादवले साउन २ गते इप्रका, कडरबोनामा उजुरी दिए । इप्रका, कडरबोनाले साउन १३ गते आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरी सतिशलाई गिरफ्तार ग¥यो । पीडितले विष सेवन गरी आत्महत्या गरेको आरोपितको भनाई रह्यो । जिल्ला अदालतको आदेशमा आरोपित सतिश भदौ ९ गते एक लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भए । जिल्ला अदालतमा हाजिर भएका ससुरा रामसिमृत भदौ १८ गते, सासु प्रमिलादेबी भदौ २५ गते र जेठानी किरण भदौ ३१ गते जनही एक लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भए । अभिलेख नम्बर ः ०९८
    अग्नीसाइर कृष्णसवरण गापा–३ हरिहरपुरकी १९ वर्षीया गर्भवती रञ्जुदेबी यादवलाई ०७६ साउन ५ गते उनकी सासु ४५ वर्षीया लीलादेबी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवले हत्या गरेको भन्दै मृतकका दाजु कञ्चनरुप नपा–९ रुपनगरका २१ वर्षीय रामसेवक यादवले जिप्रकामा साउन ८ गते उजुरी दिए । घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले साउन २१ गते आरोपितहरूलाई गिरफ्तार गरी कर्तव्य ज्यानको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपितहरु भदौ १३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०९९
    डाकनेश्वरी नपा–१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको साउन १८ गते राति उनका पति २९ वर्षीय अरबिन्दकुमार यादव, उनका बुवा, आमा, दाजु र दुई साथीले हत्या गरेको भन्दै पीडितका भाई राजविराज नपा–१० का सिद्धान्तराज यादवले जिप्रकामा साउन २२ गते उजुरी दिए । जिप्रकाले साउन १९ गते अरबिन्दलाई गिरफ्तार गरी अभद्र व्यवहारको उजुरी दर्ता ग¥यो । अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालतबाट साउन २९ गते अरबिन्द रिहा भएकै दिन इप्रका कल्याणपुरले कर्तव्य ज्यानको उजुरी दर्ता गरी आरोपितलाई अदालत परिसरबाट गिरफ्तार ग¥यो । गिरफ्तार आरोपितले सबैजना सुतिरहेका बेला पत्नीले पासोमा झुण्डिई आत्महत्या गरेको दावी गरे । कञ्चनलाई कुटपिट गर्दै हत्या गरेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको आरोप छ । जिल्ला अदालतको इजलाशमा आरोपित अरबिन्द भदौ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अन्य आरोपितहरुविरुद्ध वारेण्ट जारी भएको छ । अभिलेख नम्बर ः १०९
    बोदे बर्साइन नपा– ४ पर्साहीकी १९ वर्षीया अम्बिकाकुमारी साहलाई असोज १९ गते उनका पति ३१ वर्षीय रामचन्द्र साह, देवर र सासुले पासोमा झुण्ड्याई हत्या गरेको भन्दै मृतकका बुवा शम्भुनाथ नपा–१२ कुशहाका ३९ वषर््ािय चन्द्रकान्त साहले इप्रका कडरबोनामा उजुरी दिए । इप्रका कडरबोनाले आरोपितहरु रामचन्द्र र रामप्रसादलाई असोज १९ गते गिरफ्तार गरी अभद्र व्यवहारको उजुरी दर्ता गरी कारवाही थाल्यो । आरोपित रामचन्द्रले हत्या गरेको नभई पासो लगाई झुण्डिएकोले उपचारका क्रममा मृत्यु भएको बताए । अभिलेख नम्बर ः १३३
    बोदे बर्साइन नपा– ७ मानराजा बगबिराकी २५ वर्षीया राजोदवी यादवलाई असोज २६ गते उनका पति ५८ वर्षीय बिष्णुदेव यादव, उनकी जेठी पत्नी ५५ वर्षीया उषादेवी यादव र बिष्णुदेवको दाजुको छोराबुहारीलगायतले हत्या गरेको भन्दै मृतकका वुवा ५७ वर्षीय सत्यनारायण यादवले कात्तिक ६ गते इपका कडरबोनामा उजुरी दिए । विवाहको ७ वर्ष बितेपनि राजोदेवीको विवाह दर्ता र नागरिकता बनाइ नदिएका आरोपितहरुले राजोदेवीबाट जन्मेको सन्तानको आमाको नाममा सौतेनी आमाको नाम राख्न खोजेपछि विवाद हुँदा उनको जन्मदर्ता बन्न पाएको छैन् । छोराकै लागि आरोपितहरुले हातखुट्टा समाई जबरजस्ती विष खुवाएको मृतकको माइती पक्षको दावी छ । आरोपितले विषसेवन गरी राजोदेवीले आत्महत्या गरेको र उपचारको प्रयास गर्दागर्दै मृत्यु भएको बताए । अभिलेख नम्बर ः १३९
    अग्निसाईर कृष्णासवरन गापा–१ स्थित की ३६ बर्षीया बुलु खातुनको कात्तिक १२ गते अपरिचित व्यक्तिबाट हत्या भएको भन्दै मृतकका पति ईनुस मियाँले कात्तिक १८ गते इप्रका कञ्चनरुपमा उजुरी दिए । घाँस काट्न कात्तिक १२ गते निस्किएकी महिलाको शव कात्तिक १६ गते शंकास्पद र सडेगलेको अवस्थामा फेला प¥यो । आरोपितको पहिचान हुन सकेन् । अभिलेख नम्बर ः १४४
    राजविराज नपा–६ की ज्येष्ठ नागरिक ७५ वर्षीया अनुरागी देवी दासलाई ०७६ मङ्सिर ९ गते उनका कान्छा छोरा ४५ वर्षीय बिनोद दासले हत्या गरेको भन्दै मृतकका नाती (जेठा छोराका छोरा) ३५ वर्षीय दिपेन्द्र दासले जिप्रका सप्तरीमा मङ्सिर ९ गते उजुर गरे । कान्छा छोरा बिनोद दासको घरमा बस्ने गरेकी पीडित विहान घर पछाडि मृत अवस्थामा फेला परेको र पीडितको घाँटी, पिठ्यु, कम्मर र शरिरको विभिन्न भागमा चोटपटक लागेको देखिएकाले हत्या भएको भन्दै दिपेन्द्र दासले जिप्रकामा उजुरी गरेपछि प्रहरीहरु घटनास्थल पुगेर अनुसन्धान सुरु ग¥यो । दिपेन्द्रले पीडितको हत्या भएको र प्रहरीलाई जानकारी नदिई दाह संस्कार गर्न थालेको उजुरी गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद मृत्यु भन्दै पोष्टमार्टमका लागि शवलाई मङ्सिर १० गते धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । आरोपित बिनोदले भने मानसिक रोगी अनुरागीदेबी कुर्सीमा चढेर छतमा उक्लिदा लडेर मृत्यु भएको बताए । अभिलेख नम्बर ः १५३
हत्या प्रयास
    राजगढ गापा–५ मलेकपुरकी ४२ वर्षीया बीनादेवी मालीको साउन १२ गते उनका देवर ३० वर्षीय शंकर माली, उनकी पत्नी, ससुरा र उनकी पत्नीले विष खुवाई हत्या गर्ने प्रयास गरेको भन्दै पीडितका बुवा कञ्चनरुप नपा–२ बरमझियाका ६५ वर्षीय खुशीलाल मालीले ०७६ साउन १५ गते जिप्रकामा उजुरी दिए । जिप्रकाले आरोपित रामदेव र चन्दनदेबीलाई साउन १५ गते गिरफ्तार गरी साउन १६ गते उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले भदौ १० गते आरोपित रामदेव र चन्दनदेबीलाई जनही ६० हजार धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा ग¥यो । अन्य आरोपितहरुलाई वारेण्टसहितको म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः १०६
बलात्कार
    २५ वर्षीया महिलालाई ०७६ साउन ८ गते अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुर घर भई मोरङ्गको बुढीगंगा नपा–३ डेरा गरी बस्ने २८ बर्षीय सञ्जिब खडका नाम बताउने सन्तोषकुमार यादबले अग्नीसाईर कृष्णसरवण गापा–२ चाँदनी चोकमा बलात्कार गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा साउन ९ गते उजुरी दिइन् । ‘रोजगारी जब लिंक नेपाल’ नामको नक्कली संस्था श्रृजना गरी सोही माध्यमबाट एनआईसी बैंकमा जागिर लगाई दिने प्रलोभन देखाई बिराटनगर बोलाइएकी पीडितलाई आरोपितले सप्तरी ल्याई बलात्कार गरेको उनले बताइन् । अग्नीसाइर कृष्णसवरण गापा–२ स्थित आरोपितको घरमा प्रहरीले साउन १७ गते छापा मारी लेडिज पर्स, मोबाइल, गरहगहना फेला पा¥यो । आरोपित मोरङ्गको बुढीगंगा नपा–३ स्थित डेराबाट भदौ १४ गते गिरफ्तार भए । जिल्ला अदालतको आदेशमा आरोपित असोज ९ गतेदेखि कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १०१
    २६ वर्षीया महिलालाई ०७५ पुस २० गते र साउन १८ गते खडग नपा–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारले बलात्कार गरेको भन्दै पीडितले इप्रका, कल्याणपुरमा साउन २६ गते उजुरी दिइन् । प्रहरीले साउन २६ गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता ग¥यो । पीडितको राजविराजस्थित गनासिं अस्पतालमा साउन २७ गते स्वास्थ्य परिक्षण भयो । आरोपितकै भनाईमा धरानस्थित वि.पी. कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान गई साउन १ गते चार महिनाको गर्भपतन गराएको र फागुन २७ गते कञ्चनरुप पिप्राका सियाराम सरदारसँग भएको वैवाहिक सम्बन्ध पनि विच्छेद भएको पीडितले बताइन् । आरोपित निर्माण कार्य गर्ने मिस्त्री र ठेकेदार हुन भने पीडित उनीसँगै काम गर्ने मजदुर हुन् । जिल्ला अदालतको आदेशमा आरोपित भदौ १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा छन् । अभिलेख नम्बर ः ११०
    २२ वर्षीया सुस्त मनस्थितीकी युवतीलाई ०७६ साउन २२ गते विहान राजविराज नपा–९ मलेठका २२ वर्षीय रोशन यादव र २४ वर्षीय रमनलाल दासले बलात्कार गरेको भन्दै पीडितका दाजुले साउन २२ गते जिप्रकामा उजुरी दिए । सुस्त मनस्थितीकी बहिनी पाँच दिनदेखि बेपत्ता भई राजविराज आइपुगेका बेला आरोपितहरुले विवाहको आश्वासन दिई मोटरसाइकलमा मुख थुनेर राजविराज नपा–९ स्थित हनुमान मन्दिर पछाडि लगेर बलात्कार गरेको उनले बताए । प्रहरीले आरोपितहरूलाई साउन २२ गते गिरफ्तार गरी जबरजस्ती करणीको उजुरी दर्ता ग¥यो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गनासिं अस्पतालमा साउन २३ गते भयो । जिल्ला अदालतको आदेशमा आरोपितहरु भदौ १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १११
    २५ वर्षीया महिलालाई असोज ३ गते डाकनेश्वरी नपा–८ का ३० वर्षीय सुन्दर मुखियाले बलात्कार गरेको भन्दै पीडितले जिप्रका सप्तरीमा असोज ६ गते उजुरी दिइन् । पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेको भन्दै पीडितले उजुरी दिइन् । जिप्रकाले असोज २३ गते बलात्कारको उजुरी दर्ता ग¥यो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १३०
    २६ वर्षीया महिलालाई असोज ३० गते सुरुङगा.नपा– ८ का २५ वर्षीय श्यामसुन्दर चौधरी, २५ वर्षीय सन्तोष चौधरी, २० वर्षीय त्रिभुवन चौधरी, २० वर्षीय सुशिल चौधरी, १९ वर्षीय मनिष चौधरी, १९ वर्षीय नवराज चौधरी र १९ वर्षीय निमकान्त चौधरीले सामुहिक बलात्कार गरेको भन्दै पीडितले इप्रका कडरबोनामा कात्तिक १ गते उजुरी दिइन् । इप्रका कडरबोनाले कात्तिक ७ गते उजुरी दर्ता ग¥यो । आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १४२
बलात्कार प्रयास
    १९ वर्षीया महिलालाई असार २६ गते राति अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुर घर भई मोरङ्गको बुढीगंगा नपा–३ डेरा गरी बस्ने २८ बर्षीय सञ्जिब खडका नाम बताउने सन्तोषकुमार यादबले अग्नीसाईर कृष्णसरवण गापा–२ चाँदनी चोकमा बलात्कार प्रयास र लुटपिट गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा असार २७ गते ठाडो उजुरी दिइन् । प्रहरीले असार २७ गते आरोपितको घरमा छापा मारी लुटिएको समान बरामद ग¥यो । ईमो मार्फत पीडितको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरी ‘रोजगारी जब लिंक नेपाल’ को प्रबन्धक हुँ, एनआइसी बैंकमा जागिर खाने अवसर खुल्ला छ भनी प्रलोभन देखाई बिराटनगर बोलाएका आरोपितले सप्तरीको अग्नीसाइर कृष्णसवरण गापा–२ ल्याई बलात्कार प्रयास गरी उनको साथमा रहेको मोवाईल र सुनका गरगहना सहित रु. एक लाख छपन्न हजारको धनमाल लुटपिट गरेको पीडितले बताइन् । आरोपितलाई प्रहरीले मोरङ्गको बुढीगंगा नपा–३ स्थित डेराबाट भदौ १४ गते गिरफ्तार ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित असोज ९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १०३
    १९ वर्षीया महिलालाई ०७६ भदौ ११ गते राति अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुर घर भई मोरङ्गको बुढीगंगा नपा–३ डेरा गरी बस्ने २८ बर्षीय सञ्जिब खडका नाम बताउने सन्तोषकुमार यादबले अग्नीसाईर कृष्णसरवण गापा–२ चाँदनी चोकमा बलात्कार प्रयास गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा भदौ १६ गते उजुरी दिइन् । भदौ १४ गते गिरफ्तार भएका आरोपित असोज ९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ११७
यौन दुव्र्यवहार
    ३२ वर्षीया महिलालाई ०७५ चैत १३ गते छिन्नमस्ता गापा–३ का ३० वर्षीय याकुब मियाँले यौन दुव्र्यवहार गरेको भन्दै इप्रका सखडामा चैत १४ गते उजुरी दिइन् । फरार रहेका आरोपित फेला नपरेकाले कुनै कारवाही भएन् । फरार आरोपित वैदेशिक रोजगारमा कतार गएको जानकारी पाएपछि पीडितले साउन २ गते जिल्ला अदालतमा यौन दुव्र्यवहारको उजुरी  दिइन् । अभिलेख नम्बर ः ०८६
    ३३ वर्षीया महिलालाई बैशाख ९ गते अग्नीसाईर कृष्णसरवण गापा–२ घर भई मोरङ्गको बुढीगंगा नपा–३ डेरा गरी बस्ने २८ बर्षीय सञ्जिब खडका नाम बताउने सन्तोषकुमार यादबले अग्नीसाईर कृष्णसरवण गापा–२ चाँदनी चोकमा बलात्कार प्रयास गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा साउन १७ गते उजुरी दिइन् । जागिरको प्रलोभन देखाई अभद्र व्यवहार गरी उनको साथमा रहेको मोवाईल र सुनका गरगहना सहित रु. दुई लाख १४ हजारको धनमाल लुटपिट गरेको पीडितले बताइन् । पीडितले साउन १७ गते दिएको लुटपिटको उजुरी इप्रका कञ्चनरुपले साउन २२ गते दर्ता ग¥यो । भदौ १४ गते गिरफ्तार आरोपित असोज ९ गतेदेखि थुनामा छन् । अभिलेख नम्बर ः १०२
    १८ वर्षीया बालिकालाई ०७६ भदौ ११ गते ३० वर्षीय अपरिचित युवाले यौन दुव्र्यवहार गरेको भन्दै पीडितले इप्रका कडरबोनामा सोही दिन उजुरी दिइन् । घर फर्किरहेका बेला कपडा बिर्सिएकाले कदमाहामा ओर्लेर पुनः लहान जाँदै गरेका बेला अपरिचित युवाले लिफ्ट दिन खोजी सुरुङ्गा नपा–४ स्थित राजमार्गमा घिसारेर चउरीतफै लैजान खोजेको पीडितले बताइन् । इप्रका कडरबोनाले भदौ १६ गते उजुरी दर्ता ग¥यो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ११८
    ३४ वर्षीया महिलालाई मङ्सिर १२ गते शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह हलुवाईले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर २० गते जिप्रकामा उजुरी दिइन् । एक छोरीकी आमा २३ वर्षीया महिला र आफ्नो १६ वर्षीय छोराको बालविवाह गर्न दिएको दवाव नमानेपछि उत्पन्न विवाद समाधान गर्ने लोभ देखाई आरोपितले यौन दुव्र्यवहार गरेको पीडितले बताइन् । जिप्रका मुद्दा शाखाका इन्स्पेक्टर सन्तोष खडकाले सो क्षेत्रको घटना इप्रका कल्याणपुरले हेर्ने भन्दै फर्काए भने इप्रका कल्याणपुरका प्रमुख इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले सो क्षेत्रको घटना जिप्रकाले नै अनुसन्धान गर्ने भनेर उजुरी लिन मानेनन् । जिप्रकाले तीनै जनालाई गिरफ्तार गरी मङ्सिर २५ गते उजुरी दर्ता ग¥यो । आरोपितहरु पुस ३ गते जनही १५ हजार धरौटीमा रिहा भए । अभिलेख नम्बर ः १५५
अमानविय व्यवहार
    ४५ वर्षीया महिलालाई जेठ ५ गते बोदे बर्साईन नपा–६ का ३५ वर्षीय दुर्गाप्रसाद यादब, ६५ वर्षीय गोवर्धन यादब, ५५ वर्षीया जसोदेबी यादब र ३५ वर्षीया अनीतादेबी यादबले कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै पीडितले इप्रका कल्याणपुरमा जेठ ५ गते उजुरी दिइन् । इप्रका कल्याणपुरले असार २२ गते उजुरी दर्ता ग¥यो । प्रहरीले गोबद्र्धनलाई भदौ ३१ गते गिरफ्तार ग¥यो । आरोपित गोबद्र्धन असोज ९ गते साढे एक लाख धरौटी राखी पुपक्र्षका लागि तारेखमा रिहा भए । फरार आरोपितहरूका हकमा वारेण्टसहितको म्याद जारी भयो । अभिलेख नम्बर ः ०८७
    डाकनेश्वरी नपा–९ की ५३ वर्षीया जसोधियादेबी यादवनीलाई घर पछाडि खेतमा असार ५ गते घाँस काटिरहेका बेला सोही ठाउँ बस्ने भतिजा ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी २५ वर्षीया सीतादेबी यादवले कथित बोक्सीको आरोप लगाई कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले असार ८ गते जिप्रकामा उजुरी दिइन् । कुटपिटबाट जोगाउन आएकी छोरी सरस्वतीदेवी यादवलाई समेत निर्घात कुटपिट गरेको पीडितले बताइन् । घाइतेहरूको स्थानीय क्लिनिक र राजविराजस्थित गनासिं अस्पतालमा उपचार भयो । बिना कसुरको दोषी बनाउने कार्य गर्न नमिल्ने भन्दै एसपी मनोजकुमार यादवले कुटपीट भएकोमा कुटपीटको उजुरी नल्याई बोक्सीको आरोपमा कुटपीट गरेको भनी उजुरी ल्याएकीले उजुरी  दर्ता नगरिएको बताए । अभिलेख नम्बर ः ०८९
    राजविराज नपा–१४ पुरानो टोल परसाहीकी ४६ वर्षीया अमलाकुमारी रामलाई असोज ७ गते ५५ वर्षीय सत्यनारायण राम, उनकी पत्नी, छोरी, बुहारी र भतिजाले कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको भन्दै पीडितले असोज १४ गते जिप्रकामा उजुरी दिइन् । उजुरी दर्ता नगरेको भन्दै पीडितले मङ्सिर ३० गते जिल्ला हुलाक कार्यालयमार्फत रजिष्ट्री गरी जिप्रका र जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन पठाइन् । अनुसन्धान तहकिकात गरी अभियोग पत्र पेश गर्नुपर्ने कानूनी कर्तव्य पुरा गर्न नचाहेकाले अन्यायमा परेको भन्दै पीडितले पुस ६ गते उच्च अदालत जनकपुर राजविराज इजलाशमा परमादेशको रिट निवेदन दिइन् । उच्च अदालतले १५ दिनभित्र उजुरी दर्ता नगर्नाका कारण देखाउन माग गर्दै पुस ७ गते कारण देखाउन आदेश जारी ग¥यो । अभिलेख नम्बर ः १२१
    हनुमाननगर कंकालिनी नपा–१४ रम्पुरा मल्हनियाकी ५१ वर्षीया लिलमदेबी मण्डललाई ०७५ फागुन २८ गते विहान सोही ठाउँका ४० वर्षीय असर्फी ठाकुर, ६० वर्षीय सत्यनारायण ठाकुर, ६५ वर्षीय बेचु ठाकुर, ४२ देवनारायण ठाकुर, ६६ वर्षीय जुगेश्वर साह, ६७ वर्षीय सकलदेव ठाकुरलगायतले घरभित्र प्रवेश गरी कथित बोक्सीको आरोप लगाई गालीगलौज गर्दै केश जगल्टा समाई मानव मलमुत्र खुवाउन खोजेको भन्दै पीडितले इप्रका हनुमाननगरमा चैत ४ गते उजुरी दिइन् । इप्रका हनुमाननगरमा चैत २८ गते दिएको लिखित उजुरी दर्ता गर्न अस्विकार गरेको भन्दै पीडितले परमादेशको आदेश जारी गर्न २०७६ बैशाख ३ गते उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिए । प्रहरीलाई उजुरी दर्ता गर्न अदालतले ०७६ असार ४ गते जारी गरेको परमादेशको आदेश ०७६ असोज १५ गते जिप्रका र इप्रका हनुमाननगरमा हुलाकमार्फत पीडितले रजिष्ट्री गरेर पठाइन् । इप्रका हनुमाननगरले अदालतबाट परमादेश जारी भएपनि उजुरी दर्ता गर्ने अख्तियारी नरहेकाले पीडितलाई जिप्रका जान भने । हालसम्म प्रहरीले उजुरी दर्ता प्रकृया अगाडि बढाएको छैन् । अभिलेख नम्बर ः १३४
    अग्नीसाईर कृष्णसरवण गापा–.४ बनौलीकी ३७ वर्षीया शकुन्तीदेवी सरदारलाई असोज १९ गते सोही ठाउँका ७० वर्षीय बिन्दा सरदार, उनका जेठा छोरा ३९ वर्षीय बेचन सरदार, उनकी भाईबुहारी २५ वर्षीया मेनकादेवी सरदार र ४० वर्षीय डोमा भनिने डम्बर सरदारले कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको भन्दै पीडितले घटनाको भिडिओसहित इप्रका कञ्चनरुपमा असोज २५ गते उजुरी दिइन् । कात्तिक २ गते गिरफ्तार बिन्दा, बेचन र डम्बर जनही २५ हजार धरौटीमा रिहा भए । आरोपितमध्ये मेनका हालसम्म गिरफ्तार भएकी छैनन् । अभिलेख नम्बर ः १३५
    राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कात्तिक ११ गते घरकोठाभित्र प्रवेश गरी छिमेकी ५८ वर्षीय रामकुमार यादव, उनका तीन छोराहरु, भाई र भाई बुहारीले कथित बोक्सी भन्दै घर कोठाभित्र प्रवेश गरी आफू र छोरीहरुलाई कुटपिट गरेको उजुरी जिप्रका सप्तरीमा कात्तिक १३ गते दिइन् । प्रहरीले पीडितको उजुरी दर्ता वा दरपिठ नगरेकाले जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले कात्तिक २५ गते मुलुकी फौजदारी कार्यविधि (संहीता) २०७४ को दफा ५ (२) बमोजिम पीडितको उजुरी जिप्रका सप्तरी पठायो । जिप्रकाले बोटविरुवा उखेलिएको विषयमा दुबै तर्फबाट गालीगलौज, कुटपिट भएकाले दुबै पक्षबाट उजुरी आएको जनाउँदै कथित बोक्सीको आरोपसहितको उजुरी सत्य नभएकाले दर्ता नगरिएको बतायो । अभिलेख नम्बर ः १४९
अपहरण
    सुनसरी गढीमाई नपा– ६ की १९ वर्षीया रीतुकुमारी यादवलाई २०७६ असोज २४ गते बोदे बर्साइन नपा– २ का १९ वर्षीय मिथलेशकुमार यादब, ४५ वर्षीया सुगन्धादेबी यादव, १९ वर्षीया ओनिसा यादब र १८ वर्षीय आकाश यादवले सप्तरीको हनुमाननगर कंकालिनी नपा– १ स्थित कंकालिनी मन्दिरबाट अपहरण गरेको भन्दै पीडितका बुवाले इप्रका कञ्चनरुपमा उजुरी दिए । इप्रका कञ्चनरुपले आरोपितहरु विरुद्ध मङ्सिर २० गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता ग¥यो । आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १५७
गर्भपतन
    बोदे बर्साइन नपा–३ की २४ वर्षीया अनीष खातुनलाई भदौ ५ गते सोही ठाउँकी उनकी जेठानी २५ वर्षीया मकिना खातुन, सासु ४३ वर्षीया जहुरन खातुन, ४९ वर्षीय सकुर मियाँ र ४७ वर्षीय इस्लामुद्दिन मियाँले कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितका दाजु मुमताज आलमले इप्रका कल्याणपुरमा उजुरी दिए । भदौ ३० गते मकिना र जहुरन जनही एक लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए । फरार रहेकाको हकमा म्यादी पुर्जी जारी भयो । अभिलेख नम्बर ः ११४, मिति ः २०७६ पुस ८ गते, – इन्सेक सप्तरी
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट