News Category 2076/09/13
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको कान्छो गाउँपालिकाको रुपमा चिनिने बलानबिहुल गाउँपालिका आइतबार पूर्ण रुपले विद्युतीकरण भएको छ ।
यसअघि यस गाउँपालिकामा कहिले पनि विद्युत पुगेको थिएन् । ६ वटा वडा भएको यस गाउँपालिका स्थापना भएको मिति भन्दा अगाडी देखी नै यहाँका जनता विद्युतबाट बञ्चित थिए ।
बलानबिहुल वडा नं. २ दक्षिणवरिया दिधिया टोलमा आइतबार साँझ एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दयानन्द गोइतले ट्रान्सफरमरको स्विच अन गरेर विद्युत प्रभाह गरेका थिए । विजुली बलेपछि यस वडाका एक सय घरधुरी लाभान्वित भएका छन् ।

यसअघि यस गाउँपालिकाको वडा नं. २ को दक्षिणवरिया दिधिया टोल बाहेक अन्य सबै वडामा एक वर्ष अघि नै विद्युत पुगिसकेको छ ।
एक वर्षअघिदेखी यस वडामा विभिन्न बाधाअवरोध खडा भएपनि अथक प्रयासपछि यस वडामा विद्युत पु¥याउन सफल भएको भन्दै अध्यक्ष गोइतले यस प्रयासलाई सफल पार्न बोदेबर्साइन विद्युत प्रसारण केन्द्रका प्रमुख प्रदिप शर्मा र कर्मचारिहरूको ठूलो योगदान रहेकोमा प्रशंसा समेत गरे ।
आ.ब. २०७४÷७५ मा छुट्याइएको झण्डै ५ करोडको बजेटबाट गाउँपालिकालाई पूर्णरुपले विद्युतीकरण गरिएको अध्यक्ष गोइतले जानकारी दिँदै गाउँपालिकाको सम्पूर्ण वडामा बाटो समेत निर्माण भइसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ