News Category 2076/09/13
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट विभिन्न अपराधका फरार २३ पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
नेपाल प्रहरीले गरिरहेको अपराध नियन्त्रणका कार्य तथा सुरक्षित समाज निर्माणका लागि सवै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिईएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजना तथा समग्र जन उत्थान केन्द्र लहानको सहयोगमा आइतबार राजविराजमा आयोजित जिल्ला स्तरीय नागरिक सुनुवाई कार्यक्रमका सहभागी वक्ताहरुले सो जोड दिएका हुन ।
जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख उपप्रमुख र सरोकारवाला निकायको उपस्थितिमा आयोजित बृहत रुपमा जिल्ला स्तरिय नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा प्रहरी निरिक्षक प्रकाश बस्नेतले जिल्ला प्रहरी कार्यालयद्वारा भएका ५ महिने गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न अपराधका ३ सय ५७ मुद्दा दर्ता भएकोमा २ सय ५० वटा फर्छयोट भई बाँकी १ सय ७ वटा मुद्दा फर्छयोटका क्रममा रहेको उल्लेख छ ।
त्यस्तै विभिन्न नाकाबाट अवैध रुपमा भन्सार छली भित्र्याइएको ५९ लाख २० हजार ४ सय २५ रुपैया मालसमान जफत गरी भन्सार कार्यालय बुझाईएको र यस कार्यमा संलग्न २१ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए ।
यस्तै अदालतको फैसला कार्यन्वयन गराउने सन्दर्भमा विभिन्न मुद्दाका फरार ६ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी २३ जनालाई नियन्त्रणमा लिईसकेको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ ।
त्यस्तै जिल्लामा आ.व. २०७६÷०७७ मा ३६ महिला, १ पुरुष, २ बालक र ३३ बालिका हराएकोमा विगत ५ महिनाको अवधिमा १६ जनाको उद्घार गरिसकिएको प्रहरी तथ्यांकले देखाएको छ ।
सो कार्यक्रममा सहभागीहरुले आप्mना गुनासासँगै सुशासन र अपराध मुक्त जिल्ला बनाउन दरिलो सुझाव र सल्लाह दिएका थिए ।
कार्यक्रममा सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग टाढा रहेर प्रहरीको नीति दिगो बन्न नसक्ने बताउँदै नागरिक सुनुवाई पनि जनता सहभागी बनाउने एउटा माध्यम भएको जिकिर गरे ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, सचिव जितेन्द्र झा (जितु), महिला अधिकारकर्मी आभासेतु सिंह, काँग्रेस सप्तरीका सभापति दिनेश यादव, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले बोल्दै कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई आत्मसाथ गरी प्रहरी अघि बढन सके धेरै हदसम्म समाजमा शान्ति सुरक्षा कायम हुनुका साथै अपराध न्युनिकरणमा सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा शान्ति सुरक्षाका लागि प्रहरीद्वारा संचालित सामुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गरे वापत जिल्लाका सवै १८ वटै स्थानिय तहलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ