News Category 2076/09/14
घुरबाट सल्केको आगोले एक महिला घाइते, आधा दर्जन घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
चिसो छल्न बालिएको घुर सल्केर आगलागि हुँदा सप्तरीको सुरुङ्ग नगरपालिकामा एक महिला घाइते भएकी छिन् भने आधा दर्जन घर जलेर नष्ट भएको छ ।
सुरुङ्गा नगरपालिका ४ मधुपट्टी टोलमा सोमबार बिहान ६ बजेतिर भएको सो घटनामा सोही वडा निवासी ४९ वर्षिया इश्वरीदेबी राम घाइते भएकी छिन् । उनको स्थानिय पोलिक्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगो ताप्दै गएको बेला उनले लगाएको लुगामा आगो सल्केर उनी घाइते भएको प्रहरीको भनाई छ ।
चिसो हावासँगै सोही घुरबाट फैलिएको आगोले सोही वडाका फतुरी रामको ४, दुर्गानन्द राम र हरेराम रामको फुसको संरचना भएको एक एक गरि ६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले आगलागिबाट लत्ता कपडा, खाद्यान्न र भाँडाकुँडा समेत जलेर नष्ट भई करिब ६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण लिई बस्तिलाई थप क्षतिबाट जोगाइएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ