News Category 2070/11/27
संघीयतालाई समाप्त पार्न यथास्थितिमा स्थानिय निकायको निर्वाचनको घोषणा गर्न लागेको छ ः अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, २६ फागुन ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई समाप्त गर्न यथास्थितिमै काँग्रेस र एमालेले स्थानिय निकायको निर्वाचनको घोषणा गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले स्थानिय निकायको पुरानो निर्वाचन संरचना, क्षेत्राधिकार र पुराना एने कानुनमा परिमार्जन गरेमात्र स्थानिय निकायको निर्वाचन गराउनुपर्ने बताउनुभयो ।
उहाँले स्थानिय निकायको संरचना, क्षेत्राधिकार र ऐन कानुनहरु पञ्चायतिशैलीकै रहेकाले त्यसमा व्यापक परिमार्जन गरेमात्र स्थानिय निकायको निर्वाचन गराईनुपर्ने बताउनुभयो ।
पुराना संरचना, क्षेत्राधिकार र ऐन कानुनलाई यथास्थितिमै राखेर स्थानिय निकायको निर्वाचन सम्भव नहुने बताउनुहुँदै अध्यक्ष यादवले स्थानिय निकायको निर्वाचनको बिपक्षमा आफुहरु नभएपनि निर्वाचनअघि मुलुक संघियतामा प्रबेश गरिसकेकाले सोही अनुसार निर्वाचन संरचना, क्षेत्राधिकार र एने कानुनमा परिमार्जन आवश्यक रहेको बताउनुभयो ।
फोरम नेपाल, तमलोपा र सद्भावना बीच एकीकरणको लागि सकारात्मक रुपमा छलफल जारी रहेको बताउनुहुँदै अध्यक्ष यादवले मिडियामा आए जस्तो पार्टीको नाम, जिम्मेवारी लगायतका बिषयमा सहमति भईनसकेको बताउनुभयो ।
एकबर्षभित्र संबिधानसभाबाट सबै जातजाती, धर्म र समुदायको अधिकार सम्पन्न संबिधान जारी हुने सम्भावना कम हुँदै गएको बताउनुहुँदै अध्यक्ष यादवले संबिधानसभामा संघीयता बिरोधीहरुको करिब दुई तिहाई बहुमत रहेकाले संघीयता बिरोधी संबिधान जारी हुने खतरा बढेको बताउनुभयो ।
पत्रकार सम्मेलन फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ