News Category 2076/09/15
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
अंग्रेजी नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई प्रर्बद्घन गर्ने उद्देश्यले मंगलबार सप्तरीको प्रमुख तिर्थ स्थलहरुको सरसफाई गरिएको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा जिल्लास्थित छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई गरिएको छ । सरसफाईका साथै भारतीय सिमासँग जोडिएको नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर समेत लगाईएको छ ।
जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् ।
भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्यले थालिएको कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीले पनि सक्रिय सहभागिता जनाएको र यसमा सबैले सहयोग गर्नुपर्ने उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानको भनाई छ ।
नेपाल सरकारले घोषणा गरेको साउन २०२० लाई भ्रमण वर्षको रुपमा सफल बनाउन सामुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रन एण्ड फन कार्यक्रमलाई निरन्तरता दिई समितिद्वारा चलाईएको अभियानमा सघाई रहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक प्रवेश गर्ने आकलनसहित आवश्यक तयारी गरिएको जनाउँदै समितिले सवैलाई आ–आफनो तवरले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ