News Category 2076/09/15
सफाई नभएको भन्दै नगरपालिकाको मुल गेटमै फोहर थुपारिए
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
राजविराज बजार क्षेत्रमा दुई दिनदेखि फोहोर उठन नसकेकोले बजार फोहर तथा दुर्घन्धित भएको भन्दै मंगलबार यूवाहरुले सोही फोहर उठाएर राजविराज नगरपालिकाको मूल गेटमा थुपारेका छन् ।
आक्रोशित विभिन्न संघ संस्था अवद्घ युवा तथा स्थानियले मंगलबार नगरपालिका कार्यालयको मुल गेटमै विरोध रुवरुप फोहोर थुपारेका हुन् ।
ग्रिन नेपाल, सप्तरी युथ, सेफ चाईल्ड नामक संस्था र स्थानिय बासीन्दाको अगुवाईमा बजार क्षेत्रमा रहेका फोहोर ठेलामा राखेर नगरपालिकाको मुल गेटमै थुपारेर नाराबाजी समेत गरे ।
ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले बजार क्षेत्रमा रहेका फोहोरले नगर दुर्गन्धित र आवत जावतमा समेत समस्या भएको तथा नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न चासो नदेखाएकोले बाध्य भई नगरको फोहोर नगरपालिकामै थन्काउनु परेको बताए ।
जिल्लामा भ्रमण वर्ष २०२० को तयारी तिब्र बनाई रहँदा नगरपालिकाले भने सरसफाईमा ध्यान नदिएकाले सांकेतिक विरोध स्वरुप केही फोहोर राखिएको र अव पनि नगरपालिकाले सरसफाईमा ध्यान नदिए सो कार्य अझ तिब्र बनाउने उनले चेतावनी दिए ।
नगरपालिका कार्यालयको मुल गेटमै थुपारिएको फोहोर भने प्रदर्शनकारी युवाहरु फर्किएपछि नगरपालिकाका सरसफाई कर्मीले हटाएका थिए । नगर प्रमुख शम्भु प्रसाद यादवले केही सरसफाईकर्मी बिदामा बस्दा समस्या भएको र बुधबारदेखि नै सरसफाई कार्यलाई निरन्तरता दिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ