News Category 2076/09/16
मुख्य बजारमै छैन सार्वजनिक शौचालय

चन्दन कुमार यादव
राजविराज, १६ पुस ।
नेपाल खुल्ला दिसा मुक्त भइसकेको अवस्थामा सप्तरी सदरमुकाम राजबिराजको मुख्य बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन ।
राजबिराजको मुख्य बजार क्षेत्र वरिपरि गजेन्द्र चौकदेखि अस्पताल रोडसम्म कतै पनि सार्वजनिक शौचालय छैन ।
जिल्लाको मुटु समेत मानिने राजबिराज बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या हुने गरेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा सरकारी कार्यालय धाउनु पर्दछ ।
बजारमा शौंच लागेपछि वास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको सोनरा पकरीका राजेन्द्र यादबले गुनासो गरे ।
यता मालपोत अगाडी हटिया लाग्ने स्थानमा एउटा शौचालय रहेपनि हाल सो शौचालय तरकारी बजारका कारण थाहा हुदैन् । उक्त शौचालयमा पानी नभएपछि शौचालय हुनुको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । यता गजेन्द्र चौक देखीःपुर्व बस स्टेन क्षैत्रमा पनि सार्वजनिक शौचालय छैन ।
दैनिक हजारौको जमघट हुने बसपार्कमा शौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर गजेन्द्र चौकको बस काउन्टर क्षैत्रमा यात्रु ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको यात्रुहरु बताउछन् ।
जिल्लाको मुख्य बजारमा कमसेकम दुई स्थानमा शौचालय निर्माण गरिए धेरैलाई राहत मिल्ने स्थानियहरुको भनाई छ ।
बस स्टेनमा सार्वजनिक शौचालय सम्बन्धीत निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज हुने राजगढका बिरेन्द्र यादबको भनाई छ ।
टाउन प्लानिंगमा बसाईएको पुरानो शहरको लामो ईतिहास बोकेको बजारमा अहिलेसम्म पनि कुनै मुख्य बजारमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको यादबको ठहर छ ।
नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वाच्छ खानेपानीको ब्यवस्था गर्न नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्मा ब्यावहारमा नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले बताए ।
यस विषयमा नगरपालिकाका उपप्रमुख साधना झाले सार्वजनिक शौचालय केही ठाउमा भएपनि ब्यबस्थित हुन नसक्दा समस्या उत्पन्न भएकोले मुख्य बजार ब्यबस्थित शौचालय बनाउन प्राथमिकतामा रहेको बताईन । श्रोत जुटाएर नगरपालिका भित्र जमघट बढी हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ