News Category 2076/09/16
मुख्य बजारमै छैन सार्वजनिक शौचालय
चन्दन कुमार यादव
राजविराज, १६ पुस ।
नेपाल खुल्ला दिसा मुक्त भइसकेको अवस्थामा सप्तरी सदरमुकाम राजबिराजको मुख्य बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन ।
राजबिराजको मुख्य बजार क्षेत्र वरिपरि गजेन्द्र चौकदेखि अस्पताल रोडसम्म कतै पनि सार्वजनिक शौचालय छैन ।
जिल्लाको मुटु समेत मानिने राजबिराज बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या हुने गरेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा सरकारी कार्यालय धाउनु पर्दछ ।
बजारमा शौंच लागेपछि वास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको सोनरा पकरीका राजेन्द्र यादबले गुनासो गरे ।
यता मालपोत अगाडी हटिया लाग्ने स्थानमा एउटा शौचालय रहेपनि हाल सो शौचालय तरकारी बजारका कारण थाहा हुदैन् । उक्त शौचालयमा पानी नभएपछि शौचालय हुनुको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । यता गजेन्द्र चौक देखीःपुर्व बस स्टेन क्षैत्रमा पनि सार्वजनिक शौचालय छैन ।
दैनिक हजारौको जमघट हुने बसपार्कमा शौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर गजेन्द्र चौकको बस काउन्टर क्षैत्रमा यात्रु ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको यात्रुहरु बताउछन् ।
जिल्लाको मुख्य बजारमा कमसेकम दुई स्थानमा शौचालय निर्माण गरिए धेरैलाई राहत मिल्ने स्थानियहरुको भनाई छ ।
बस स्टेनमा सार्वजनिक शौचालय सम्बन्धीत निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज हुने राजगढका बिरेन्द्र यादबको भनाई छ ।
टाउन प्लानिंगमा बसाईएको पुरानो शहरको लामो ईतिहास बोकेको बजारमा अहिलेसम्म पनि कुनै मुख्य बजारमा सार्वजनिक शौचालय नहुनु लज्जाको विषय बनेको यादबको ठहर छ ।
नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वाच्छ खानेपानीको ब्यवस्था गर्न नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्मा ब्यावहारमा नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले बताए ।
यस विषयमा नगरपालिकाका उपप्रमुख साधना झाले सार्वजनिक शौचालय केही ठाउमा भएपनि ब्यबस्थित हुन नसक्दा समस्या उत्पन्न भएकोले मुख्य बजार ब्यबस्थित शौचालय बनाउन प्राथमिकतामा रहेको बताईन । श्रोत जुटाएर नगरपालिका भित्र जमघट बढी हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ