News Category 2076/09/18
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत संचालनमा ल्याएको छोरी शिक्षा बिमालाई अझ प्रभावकारी रुपले अघि बढाउने उद्देश्यले जिल्लाका सबै १८ वटै स्थानिय तहलाई जिम्मेवारी दिएको छ ।
राजविराजमा बिहीबार आयोजित छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रममा प्रदेश २ सरकारका तर्फबाट सप्तरीका १८ वटै स्थानिय तहलाई छोरीको शिक्षा बिमा शिविर संचालन गर्न ५०÷५० गरि ९ लाख रुँपैयाको चेक बुझाइएको छ ।
२०७५ साल माघ १ गतेदेखी जन्मिएका सम्पूर्ण छोरीहरुका लागि प्रदेश सरकारले रु. १ लाख शिक्षा बिमा गरेको छ । छोरीहरुको २० वर्ष उमेर पुगेपछि उनीहरुले रु. १ लाख बैंक मार्फत प्राप्त गर्नेछन् । सप्तरीमा गत आ.ब. २०७५÷०७६ मा १ हजार ९३ छोरीहरुको शिक्षा बिमा गरिएको थियो ।
यसै अन्तरगत गत माघ १ गतेदेखी बिमा गराउन छुटेका छोरीहरुलाई प्रदेश सरकारले आउँदो माघ २ गेतेदखी स्थानिय तहलाई नै बिमा गर्ने जिम्मेवारी दिने भएको छ ।
छोरीहरुको शिक्षाका लागि बिमा गर्ने प्रदेश सरकारले घोषणा गरेपनि कर्मचारी अभाव तथा प्राविधिक लगायतका कारणले सोचे अनुरुपको बिमा हुन नसकेपछि यसलाई ब्यापक बनाउन प्रत्येक स्थानिय तहमा शिविर संचालन गर्न सो रकम उपलब्ध गराइएको प्रदेश २ मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीले बताए । यस्तो शिविरले विभिन्न कारण बिमा गराउन नसेकेका छोरीहरुलाई समेट्न सहज हुने उनले विश्वास गरेका छन् ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य दिलकुमार चौधरी, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिीहरुले छोरी शिक्षा बिमा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ