News Category 2076/09/18
सप्तरीको कंचनरुपमा मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित्
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीको कंचनरुप नगरपालिकामा ८४ करोड बढीको लागतमा मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित् भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागी गाउँ–गाउँमा खेल पुर्वाधार निर्माणलाई पु¥याउने नीति अनुसार सप्तरीमा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्र¥याक सहितको मदन भण्डारी रंगशाला निर्माण हुन लागेको हो ।
रंगशाला मुल्य अभिवृद्घिकर (भ्याट) बाहके ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाको लागतमा निर्माण हुन लागेको छ । निर्माण हुने मदन भण्डारी रंगशालामा फुटवल ग्राउण्ड, एथलेटिक्स ट्र¥याकका साथै दर्शकका लागि आवश्यक प्यारापिट रहने छन् ।
मन्त्रालयद्वारा रंगशाला निर्माणका लागी शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिएको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले जानकारी दिएका छन् ।
कंचनरुप नगरपालिकाको वडा नं. ९ मा निर्माण हुन लागेको रंगशालाका लागि नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराई सकेको छ भने आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरप्रमुख मिश्रको भनाई छ ।
रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानिय स्तरबाटै राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मदत पुग्ने स्थानियको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ