News Category 2076/09/20

नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल

दैनिक समाचारदाता

नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
    सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित राजरंगशाला मर्मत सम्भारको पर्खाईमा रहेको बेला जिल्लाको कंचनरुप नगरपालिकामा पुनः एक नयाँ रंगशाला निर्माणको खबरले सो भेगका जनताहरुमा खुशीयाली छाएको छ भने सगरमाथा अंचलकै एक मात्र रंगशाला राजविराजस्थित राजरंगशालाको अवस्था वेहाल हुँदा यहाँका खेलप्रेमीमा निराशा छाएको छ ।
    राजविराजको मुटुमा रहेको राजरंगशाला बि.स. २०३६ सालमा निर्माण भएको हो । सगरमाथा अञ्चलकै एक मात्र पुरानो राजरंगशाला आवश्यक मरम्मत सम्भारको अभावमा विगत दुई दशकदेखी जीर्ण अवस्थामा रहेको छ । जोखिमपूर्ण र वेहाल अवस्थामा हुदा पनि यस तर्फ युवा तथा खेलकुद मन्त्रालयले कुनै चासो नदेखाउनु अत्यन्तै दुर्भाग्यपूर्ण हो । 
    खेलकुदको विकासको लागि नयाँ नयाँ पूर्वाधार निर्माण कार्य अघि बढाउनु जिल्लाको समग्र विकासका लागि राम्रो कुरा हो तर, भएको पुरानो र जोखिमपूर्ण संरचनालाई मरम्मत सम्भार नगरी वेवास्ता गरिनु राम्रो मान्न सकिन्न । 
    राजविराजको ईज्जत र प्रतिष्ठासँग जोडिएको एक मात्र ऐतिहासिक रंगशाला जोखिम पूर्ण र वेहाल अवस्थामा रहेकाले यसको मरम्मत र सम्भारमा कुनै सरकारले ध्यान दिन सकेको छैन् । विगतमा रंगशाला मरम्मत सम्भारका लागि आएको बजेटको समेत दुरुपयोग भएको छ । 
    तीन वर्ष अघि सो रंगशालामा झण्डै ४० लाख बराबरको माटो हालिएको थियो । तर, अवस्था सुध्रिनु भन्दा झनै बिग्रिदै गएको छ । यस्तै गत वर्ष मात्र प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको ९० लाख रुँपैयाको बजेटले रंगशालामा खेलाडीहरुका लागि भन्दै एउटा ड्रेसिङ रुम बनाइएको छ भने सोही रकमले बिजुली बत्तिमा जडान गरिएको छ । तर त्यसको कुनै अर्थ छैन् । कीन रंगशाला आफै जिर्ण भएको बेला त्यसमा बिजुली बत्ति जडान गर्नुको अर्थ हुँदैन् । यसका लागि पहिला ग्राउण्डको लेभलिङ, प्याराफिट, ढोका तथा कम्पाउण्ड वाल आवश्यक हुन्छ । 
    सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिट ठाउँठाउँमा भत्केर कुनै वेलापनि दुर्घटनामा पर्ने प्रवल सम्भावना रहेको छ । यतिमा होईन । रंगशालाको प्यारापिट मुनि वर्षौ देखि विभिन्न व्यक्तिले कब्जागरेर बसोबास गरिरहेका छन् । प्यारापिट अतिक्रमण भएकाले मैदानमा दिसा पिसाव गर्ने, गाई बस्तु चराउने र पर्खालका ईटा उखालेर लैजाने लगायतका समस्या पनि थपिएका छन् ।
    राजरंगशालाको स्तोरन्नती योजना लिएर पटक पटक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समक्ष बजेटको मागं गरेको भएपनि हाल सम्म केही नपाईएकोले दुई बिघा ७ कठ्ठा ४ घुर क्षेत्रफल ओगटेको राजरंगशाला अहिलेसम्म लथालिङ रहेको जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र वर्मा धिरुको भनाई छ ।

प्रतिकृया दिनुहोस