News Category 2070/11/28
नेपाल अझै आर्थिक रुपमा अन्य राष्ट्रको गुलाम छ ः सहअध्यक्ष शर्मा
दैनिक संवाददाता
राजविराज, २७ फागुन ।
राष्ट्रिय सहकारी बिकास बोर्डका सहअध्यक्ष सरोज कुमार शर्माले अझै नेपाल आर्थिक रुपमा अन्य राष्ट्रको गुलाम रहेको बताउनुभएको छ ।
जिल्ला सहकारी संघ सप्तरीको छैठो साधारणसभाको उद्घाटन गर्दै सहअध्यक्ष शर्माले राजनीतिक रुपमा नेपाल अरु देशको गुलाम नभएपनि आर्थिक रुपमा नेपाल अझै अन्य देशको गुलाम रहेको बताउनुभएको हो ।
राजनीतिक दलहरुको प्राथमिकतामा आर्थिक सम्बृद्धि नपरेकोले नेपालको अर्थतन्त्रको बिकास हुन नसकेको आरोप लगाउँदै अब आर्थिक एजेण्डा दलहरुको प्राथमिकतामा पर्न आवश्यक रहेको बताउनुभयो ।
आर्थिक बिकासमा महिलालाई सहभागि गराउनु आवश्यक रहेको बताउँदै उहाँले महिलालाई उद्यमी बनाउन नसकेसम्म मुलुकको अर्थतन्त्रको बिकास सम्भव नहुने जिकिर गर्नुभयो ।
जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा साल ट्रेडिङ का क्षेत्रीय निर्देशक नवीनचन्द्र झा, जिल्ला कृषि बिकास कार्यालय सप्तरीका प्रमुख डा रामचन्द्र यादव, जिल्ला सहकारी बैंकका व्यवस्थापन समिति संयोजक विश्वनाथ मण्डल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, नेपाल पत्रकार महासंघका पार्षद सुरेन्द्र प्रसाद गुप्ता, त्रियुगा सहकारी संस्थाका चन्द्रशेखर चौधरी लगायतले बोल्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दत्तले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो भने लेखा समिति संयोजक सबिता न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ