News Category 2076/09/22
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
नागरिकता बनाई दिन माग गर्दा मंगलबार दिउँसो आफ्नै पत्नीमाथी पतिले खुकुरी प्रहार गरि हत्याको प्रयास गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ दमाबती टोल निवासी २८ बर्षिया लक्ष्मी यादवमाथि पती महि नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका हुन् । महिनारायण पुर्व प्रहरी हुन् ।
खुकुरी प्रहारबाट लक्ष्मीको टाउँको र घाटीमा गम्भीर चोट लागेको छ । उनको टाउँको र घाटीमा गरी ३६ वटा टाका लगाइएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै लक्ष्मीको जिउँभर निलडाम समेत देखिएको छ ।
उनलाई स्थानिय गजेन्द्र नरायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
लक्ष्मीको अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थपउपचारका लागी रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोद कुमार यादवले जानकारी दिएका छन् ।
दिउँसो लक्ष्मी तरकारी बारीतर्फ जाँदै गर्दा उनका पति महिनारायण मोटरसाईकलबाट आर्लेर नागरिकता बनाई दिनु भन्दै टेन्सन दिन्छस भन्दै एक्कासी अन्धाधुन्द खुकुरी प्रहार गरेको लक्ष्मीका हजुरबुवा शिव नारायणले बताए । खुकुरी प्रहारबाट खेतमै लक्ष्मी ढल्दा मरेको ठानेर पति महिनारायण खुकुरी नजिकैको नहरमा फ्याली फरार भएको उनले सुनाए ।
लक्ष्मीका पति महि नारायणले केही महिना अघि मात्र दोस्रो बिहे गरका थिए । बिहेको १० वर्ष भन्दा बढी भई सक्दा पनि लक्ष्मीलाई नागरिकता नबनाई अर्को विवाह गरेपछि संशकित बनेकी लक्ष्मीले पटक पटक नागरिकता बनाई दिन दवाव दिदै आएकी थिईन ।
यसबारे गाउँमा पटक पटक पंचायती बसी लक्ष्मीको नागरिकता बनाईदिने पति महि नारायणले प्रतिबद्धता गरेपनि आलटाल गर्दै आएको स्थानिय गाउँलेले बताएका छन् । सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरीरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानियको भनाई छ ।
यता घटना पछि फरार रहेका महि नारायणको खोजी कार्य तिब्र बनाईएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ