News Category 2076/09/23
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा वर्षौदेखी पुरा हुन नसकेको खानेपानी आयोजना अब संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएको छ ।
सुरुङ्ग नगरपालिकाको वडा नं. २ र ४ तथा खडक नगरपालिकाको वडा ५ र ६ मा गरी ४ स्थानमा खानेपानी आयोजना संचालन भई समुदायमा हस्तान्तरण गर्ने तयारी थालिएपछि वर्षौदेखी स्वच्छ खानेपानी पिउने स्थानियको सपना साकार हुन भएको छ ।
बर्षौदेखि खोलाको अशुद्ध र आईरनको मात्रा अत्याधिक भएको ट्युवेलको पानी खान बाध्य भएका झण्डै २० हजार स्थानीयवासीको स्वच्छ खानेपानी पिउने सपना साकार हुनेभएको हो ।
खाने पानी आयोजना संचालन भएपछि त्यहाका १ हजार ७ घर धुरीका २० हजार ७ सय व्यक्ति लाभान्वित हुने श्रीपुर्राज सामुदायीक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिएका छन् ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फन्डबोर्ड)को २ करोड ८४ लाख २२ हजार ४ सय ८४, समुदायीक नगद ६ लाख ६५ हजार १ सय ७० तथा सामुदायीक श्रमदान १ करोड ८५ लाख १० हजार बरावरको सहयोगमा भेडिया, रंजितपुर, डिहिवार र चक्वा खानेपानी तथा सरसफाई आयोजना मार्फत खानेपानी आयोजना सम्पन्न भएको उनले बताए ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति प्रमुख सहयोगी निकाय रहेको उक्त आयोजना कार्यन्वन र सहयोगी संस्थाको रुपमा रहेका श्रीपुरार्ज समुदायी विकास केन्द्रले २०७३ सालमा आयोजना निर्माण कार्य प्रारम्भ गरेको थियो ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै संस्थाका टिम लिडर विनोदानन्द चौधरीले एक महिना भित्रै सम्पन्न आयोजना समुदायमा हस्तान्तण गर्ने तयारी भईरहेको जानकारी समेत दिए ।
आयोजना निर्माणमा स्थानिय उपभोक्ताको साझेदारी समेत रहेकाले यसको दिगोपना हुन्छ भने विश्वास हामीलाई लागेको खडक नगरपालिकाका प्रमुख हेमायु हकको भनाई छ ।
स्वच्छ खानेपानीबाट बञ्चित स्थानियमा पानीको सहज पहुच पुर्याउन थालिएको आयोजना समयम सम्पन्न भई समुदायमा हस्तान्तरण हुन लागेको खबरले सवैलाई खुशी तुल्याएको सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको भनाई छ ।
यता पहिलो पटक पाईप लाईनबाट गाउँमा स्वच्छ खानेपानी पुग्न लागेको खबरले स्थानियबासी उत्साहित देखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ