News Category 2076/09/24
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
राजविराज ८ हिमालय टोलमा बिहीबार बिहान बम आंतकले स्थानियहरु त्रसित भएका छन् ।
सो टोल निवासी रिता पाण्डेको घरको बाहिरी पर्खालमा बिहान ३ बजे एक अपरिचित ब्यक्तिले बम राखेर भागेको खबर भएपछि स्थानियहरु त्रसित भएका हुन् ।
पाण्डे स्थानिय राष्ट्रिय प्राथमिक विद्यालय केन्द्र नं. ५ की प्रधानाध्यापक हुन् । बिहान ३ बजेतिर रातो प्लाष्टिकको झोलामा पोको पारिएको शंकास्पद बस्तु राखेर एक व्यक्ति फरार भएपछि पाण्डेले तत्कालै छरछिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।

बम राखिएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सेना घटनास्थल तर्फ पुगेको थियो । बिहान ६ बजेतिर श्री भीम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरद्वारा क्याप्टेन राजेन्द्र पाण्डेको नेतृत्वको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निस्कृय पारेको थियो ।
तर, शंकास्पद बस्तु निस्कृय बनाउँदा उक्त शंकास्पद बस्तु बम नभएको सेनाले पुस्टि ग¥यो । निस्कृय पारिएको बस्तु भने स्नो पाउडर, फेसक्रिम, आईलाइन लगायतका मेकअपका सामाग्रिहरु थिए ।
यसरी शंकास्पद बस्तु राखेर समाजमा त्रास फैलाउने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ