News Category 2076/09/24
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १० दिनदेखी जारि धर्ना कार्यक्रमकै बीच बिहीबार सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता बितरण गरिनु पर्ने प्रमुख माँगसहित विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले धर्ना कार्यक्रम गर्दै आएको छ ।
धर्ना कार्यक्रमकै बीच वडा नं. ५ का केही बृद्धबृद्धाहरुलाई चालु आ.ब.को प्रथम चौमासिक किस्ता वापतको रु. १२ हजारका दरले भत्ता बितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता पाउन बाँकी रहेकाहरुलाई पनि वडा कार्यालय मार्फत बितरण गरिने वडा अध्यक्ष शिवशंकर पण्डितले जानकारी दिएका छन् ।
यस्तै सो गाउँपालिकाका सम्पूर्ण वडामा समेत बिहीबारैदेखी सामाजिक सुरक्षा भत्ता बितरण गरिने प्रतिबद्धता आएको संघर्ष समितिका संयोजक बिनोद कुमार यादवले बताए ।
यद्दपी उनले आफूहरुले उठाएका १४ बुँदे माँग मध्ये एउटा माँग मात्र सम्बोधन भएको र बाँकी माँग बारे हालसम्म गाउँपालिकाबाट कुनै प्रतिबद्धता नआएकोले धर्ना कार्यक्रम भने जारि रहने बताए ।
यता विगत १० दिनदेखी जारि धर्नालाई बिहीबार पनि निरन्तरता दिइएको छ । बिहान १० बजेदेखी १ बजेसम्म संघर्ष समितिको अगुवाईमा धर्ना दिइने गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ