News Category 2076/09/25
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराज शुक्रबारदेखी २० औं वर्षमा प्रवेश गरेको छ ।
शुक्रबार राजविराजमा आयोजित १९ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष सुखराम यादवले जिल्लाको १८ वटै स्थानिय तहमा आफ्नो संस्थाको कोष र विभिन्न निकाय, बैंक र वित्तिय सहयोगबाट स्वास्थ्य, शिक्षा, महिला स्वरोजगार, सीपमूलक तालिम, अनुसन्धान विकास र बचत गर्ने बानी लगायतका क्षेत्रमा संस्थाले लगानी गर्दै आएको बताएका छन् ।
२०५७ साल पुस २ गते १ सय ११ जना सदस्यको ५÷५ हजार शेयर पुँजीबाट संचालन गरिएको उक्त संस्थामा विभिन्न १ हजार १ सय समूहमार्फत अहिले ४० हजार शेयर सदस्य पुगेको जानकारी पनि दिँदै जसमध्ये ९० प्रतिशत महिला शेयर सदस्य नै रहेको बताए ।
१८ वटै स्थानिय तहमा पुगिसकेको संस्थाले अब ती स्थानिय तहका सबै वडा र टोलमा कार्यक्रम पु¥याउने घोषणा समेत गरे । संस्थाले आफ्नो कोष तथा दातृ निकायको सहयोगबाट झण्डै ३२ हजार महिलालाई गरिबी निवारण तथा लघुबित्त कार्यक्रममार्फत आय आर्जनका विभिन्न काममा लगाएको जानकारी दिए ।
संस्थाले यस वर्ष ४४ करोड ४९ लाख २३ हजार ३ सय ९० रुँपैयाको कारोबार गरि २२ लाख ८३ हजार २ सय ८२ रुँपैया खुद मुनाफा गर्न सफल भएको साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनले देखाएको छ ।
यता साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले संस्थामा महिलाहरुको उल्लेख्य सहभागिता र सक्रियता देखेर कुनै समय महिलाकै नेतृत्वदायी भूमिकामा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी समेत उत्साहित हुने बताए । सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिदै उनले सहकारी संस्थाहरु नाफामूखी मात्र नभई सामाजिक काममा पनि ध्यान दिन सके सहकार्य गर्नेहरुको संख्या आफै बढेर जाने सुझाव पनि दिए ।
संस्थाका कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलद्वारा संचालित उद्घाटन समारोहमा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देव, रेडक्रस सोसाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्वसदस्य मूरली प्रसाद यादवलगायतले पनि शुभकामना दिएका थिए ।
कार्यक्रम अघि नाचगान, बाजागाजासहित संस्थाका पदाधिकारी र शेयर सदस्यहरु सचेतनामूलक नारा अंकित प्ले कार्ड बोकेर बजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।
सोही सभामा संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकारिता क्षेत्रबाट अवधेश झा, स्वास्थ्य क्षेत्रबाट डा. रन्जित झा र समाजसेवातर्फबाट जोगेन्द्र भगत छन् ।
कार्यक्रममा साझेदारी संस्था, आवद्ध उत्कृष्ट कर्मचारी तथा स्वयमसेविकाहरुलाई पनि सम्मानित गरिएको छ । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ