News Category 2076/09/26
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
राजविराज÷नेपाल सहकारी संस्था लिमिटेडको शनिबार १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आयोजित सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताले गत आ.ब. २०७५÷७६ मा संस्थाले ४० लाख ११ हजार १ सय ४७ रुँपैया संचित गरेको जानकारी दिएका छन् ।
प्रस्तुत प्रतिवेदनमा १ हजार ३ सय ५९ पुरुष र ८ सय ५३ जना महिला शेयर सदस्य आवद्ध रहेर २ करोड ४९ लाख ८ हजार १ सय शेयर पुँजी रहेको उल्लेख छ । त्यस्तै निक्षेपतर्फ ३७ करोड ९३ लाख १८ हजार ३ सय ९९ मध्ये ३५ करोड ११ लाख ५६ हजार ६ सय २ रुँपैया फिर्ता गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्षद्वारा प्रेसित प्रतिवेदनमा संस्थाको आफ्नो जग्गामा २०७५÷७६ मा नयाँ भवन निर्माण कार्य सुरु भएको र सो कार्य फाउण्डेशन लेभलसम्म सम्पन्न भएको उल्लेख छ । निर्माणाधीन भवन कार्य केही प्राविधीक कारणले रोकिएकोले पुनः कार्य सूचारु हुने जनाइएको छ ।
त्यस्तै संस्थाले विगतका वर्ष जस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने र सहभागिता जनाउने उल्लेख छ । राज्यले संविधान मार्फत नै सार्वजनिक, निजि एवं सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिक्तम परिचालन तिब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो विकास गर्ने लक्ष्य लिएको उल्लेख छ ।
आयोजित सभामा शेयर सदस्य सुरेन्द्र प्रसाद गुप्ता, रन्धिर कर्ण, राजकुमार यादव, सुनिल सिन्धी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै सोही साधारण सभाको बन्द सत्रबाट शनिबारै ७ सदस्यीय संचालन समिति समेत गठन गरेको छ । गठित संचालक समितिको सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, सुनिल कुमार सिन्धी, दिपककुमार साह, भोलानाथ साह, उमेश प्रसाद यादव, रन्धिर कर्ण र मनिष दुगडलाई चयन गरिएको छ ।
त्यस्तै मो. हेदर अलिको संयोजकत्वमा समिम अंसारी र कमली खवास रहने गरि तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ