News Category 2076/09/26
शिब्स इन्टरनेशनल र लिटल एन्जल बिजयी
राजबिराज÷राजविराजमा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा शिब्स इन्टरनेश्नल र लिटिल एन्जल बिजयी भएका छन् ।
सप्तरी क्रिकेट संघको सहकार्यमा ग्रिन नेपाल राजबिराजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा पबिमाबिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेका थिए ।
पबिका लागि गुड्डु रायले नटआउट रहि ३७ तथा कि«स राय १६, शौरभ झा १२, संजय यादव ११ र बिष्णु मण्डल नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ शिब्सका तर्फबाट बिशाल यादवले ३ तथा राज बर्मा र अजय यादवले १÷१ बिकेट लिएका थिए ।
एक सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य १३ ओभरमा १ बिकेटको नोक्सानीमै सजिलै भेटाएका थिए । शिब्सका लागि भोला साहले नटआउट रहदै ४३ बलमा ९ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने कमल किशोर मण्डलले ३४ बलमा नटआउट रहि २७ रनको योगदान दिएका थिए । पबिका तर्फबाट १ मात्र बिकेट बिष्णु मण्डलले प्राप्त गरेको थियो ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेका शिब्स ईन्टरनेश्नलका भोला साहलाई कामना बिकास बैंकका प्रबन्धक सुर्यनारायण मुखियाले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै शनिवारै सम्पन्न दोश्रो खेलमा लिटल एन्जलले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो ।
लिटल एन्जलका लागि नितेश यादवले ४३ बलमा ७ चौक्काको मद्धतले नटआउट रहि ५६ रनको योगदान दिएका थिए भने भोगेन्द्र यादवले ३८ रनको योगदान दिएका थिए । बलिंग तर्फ केअमाबिका तर्फबाट गोलु सिंह, संतोष मण्डल, मो. सदाम र मो. सेहनबाजले सामान १ बिकेट लिएका थिए ।
एक सय ५२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको पबिमाबि लिटल एन्जलको धारिलो बलिंग सामु निरिह हुदै १३ ओभर ४ बलमै आफनो सम्पुर्ण बिकेट गुमाई ६३ रनमै समेटिएको थियो । पबिलाई सस्तोमा समेटन लिटल एन्जलका तर्फबाट गणेश झा, रुपक यादव, नितेश यादव र राहुल बिकले सामान २ बिकेट तथा आशुतोष यादवले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच अलराउण्ड प्रर्दशन गरे वापत लिटल एन्जलका नितेश यादवलाई प्रभु बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक राजकुमार साहले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ