News Category 2076/09/28

वडा अध्यक्षको निधन

दैनिक समाचारदाता

वडा अध्यक्षको निधन

दैनिक समाचारदाता
राजविराज, २८ पुस । 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ का ५५ वर्षिय अध्यक्ष मुक्ति कार्कीको आइतबार साँझ निधन भएको छ । उनको सोमबार अन्त्येष्टि गरिएको छ ।
    गत स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडध्यक्षमा निर्वाचित अध्यक्ष कार्की केही समयदेखि अस्वस्थ रहँदै आएका थिए । उनका श्रीमती, २ छोरी र १ छोरा छन् । 
    यता वडाध्यक्षको निधनमा शोक मनाउन सोमबार नगरपालिका र मातहतका कार्यालयमा बिदा गरिएको गरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस