News Category 2076/09/29
सहपाठीहरुद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
ह्दयघात भई असमायिक निधन भएका राजविराज २ तेतरी गाछी टोल निवासी दिपक जोशीको स्मृति एवं सम्मानमा मंगलबार उनका सहपाठीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय प्राङ्कणमा मंगलबार २०४० सालका एसएलसी समूहका सहपाठीहरुले आयोजना गरेको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिइएको हो ।
५२ वर्षिय जोशीको पुस ११ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । परिवारजनले ह्दयघातका कारण उनको मृत्यु भएको बताएका छन् । पेशाले कम्प्युटर इन्जिनियर रहेका उनको निधनले मर्माहत भएको उनका सहपाठी दिनेश सिंहले बताए ।
स्व. जोशीको तस्बिरमा फुलमाला अर्पण पश्चात् सुरु भएको श्रद्धाञ्जली सभामा दिनेश सिंह, उमेश प्रसाद साह, आशा परियारलगायतले बोल्दै अत्यन्त सरल र राम्रा मित्र गुमाएको र यसले ठूलो क्षति भएको बताए । प्रअ अरुण झाले यसै विद्यालयमा पढेका जोशी सानै उमेरदेखी जेहेन्दार विद्यार्थी रहेको सुनाए ।

वक्ताहरुले मृतआत्माको चिरशान्ति तथा मृतकपरिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित आ–आफ्नो श्रद्धाञ्जली शब्द टुग्याएका थिए ।
श्रद्धाञ्जली सभा पश्चात् स्व. जोशीका सहपाठीहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण समेत गरेका थिए ।
सो श्रद्धाञ्जली सभाअघि सहपाठीहरुले तत्कालिन प्रधानाध्यापक स्व. रामचन्द्र झाको सालिकमा फुलमाला अबिर लगाएर श्रद्धासुमन समेत व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ