News Category 2076/09/29
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
भविष्यमा राष्ट्रलाई सप्तरीबाट स्तरीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ क्रिकेट बिकास प्रतिष्ठानको स्थापना गरिएको छ ।
प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुटबाटै लान सुझाव दिएका छन् ।
त्यस्तै क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत जोड दिएका छन् । यसका लागि बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरे ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले सप्तरीको क्रिकेटलाई माथिल्लो स्तरसम्म पु¥याउन सप्तरी क्रिकेट संघको सहकार्यमा आप्mनो पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले सप्तरीमा खेल गतिबिधी निरन्तर भएता पनी आवश्यक्ता अनुसारका क्रिकेट मैदान नभएकोले सो तर्फ समेत ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका पुर्वअध्यक्ष शैलेश कुमार चौधरीले क्रिकेट बिकास प्रतिष्ठानलाई सप्तरी क्रिकेट संघ संगको सहकार्यमा बिद्यालयका स्तरीय खेलाडष् स्ीलाई प्रशिक्षण तथा स्तरीय क्रिकेट एकेडेमी संचालन गर्न सुझाव समेत दिए ।
क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले सप्तरीको क्रिकेट बिकासको लागि ग्रासरुटबाटै खेलाडी उत्पादन गर्नका लागि बन्दशिविरको आयोजना संगै एकेडेमी निर्माण समेत गर्न पहल गर्ने जानकारी दिँदै अगामी दिनमा स्तरीय खेलाडी उत्पादनका लागि बिभिन्न क्रियाकलापको समेत आयोजना गर्ने जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिवहरि भटराई, बरिष्ठ पत्रकार मुरली यादव, बरिष्ठ पत्रकार बैधनाथ यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, निजामति कर्मचारी महासंघ सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ