News Category 2076/09/29
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १५ दिनदेखी जारि धर्ना कार्यक्रम मंगलबारदेखी स्थगन भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन ।
सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।
गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो । यसअघि ती माँग मध्ये गत बिहीबार धर्ना कार्यक्रमकै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो ।
विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले बिहान १० बजेदेखी १ बजेसम्म धर्ना दिँदै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ