News Category 2076/10/01
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
नवीनकुमार गुप्ता
राजविराज, १ माघ ।
विगत केही महिनादेखी नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै आएको खुलासा भएको छ । यती मात्र नभएर उनीहरुलाई भारतीय नागरिकता भनिने “आधारकार्ड” समेत बनाइदिने गरिन्छ । दुई हजार ५ सय शुल्क तिरेपछि केही मिनेटमै आधार कार्डको प्रतिलिपी आइपुग्छ ।
भारतको बिहार राज्य अन्तरगत सारण जिल्ला छपरास्थित नेवाजी चौकमा एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली सोझासाझा युवाहरुलाई ठगिरहेको खुलासा भएको छ ।
सोही कम्पनीमा काम लगाइदिने भन्दै भ्रमजालमा फसी ३५ हजार रुँपैया गुमाएका राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी २५ वर्षिय राजेश कुमार यादव त्यहाँबाट भाग्न सफल भएपछि सो खुलासा भएको हो । उनलाई भने अरु कसैले होइन् नातामा पर्ने भान्जाले जागिरको प्रलोभनमा पारेर भारत पु¥याएका थिए ।
उनी बुधबार घर आइपुगेपनि अहिले ६ सयभन्दा बढी नेपाली यूवाहरु त्यहा बन्धक अवस्थामा रहेको उनले जानकारी दिएका छन् । उक्त स्थानमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका गरि ६ सय यूवाहरु बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनले बताएका छन् । भारतीय ग्लेज ट्रेडिङ इण्डिया प्रालिको शाखा रहेको बताउने एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले नेपालको मधेशका जिल्लाहरुमा दर्जनौं एजेन्ट खटाई त्यहाँका सोझासाझा युवालाई आकर्षक तलबसहितको जागिर दिने प्रलोभनमा पारी लैजाने गरेको र त्यो क्रम अहिले पनि चलिरहेको पीडित युवा राजेशले बताए ।
भारतीय एजेन्टहरुले केही स्थानीय व्यक्तिलाई विश्वासमा लिई त्यस्तो अवैध कारोवार खुलेआम गरिरहेको यादवको भनाई छ । आफूलाई सोही कम्पनीको एजेन्ट रहेको बताउने सप्तरीको बलान विहुल गाउँपालिका २ बस्ने भान्जा पर्ने विक्रम यादवले आकर्षक तलब पाइने प्रलोभन देखाई त्यहाँ पु¥याएको र आफ्नो कमिशन बनाई पुनः अर्को यूवालाई प्रलोभनमा पार्ने तिर अर्को योजना बनाउछन् । उनले सो स्थानमा परिचयका क्रममा मधेशका जिल्लाका करिब ६ सय युवाहरु आकर्षक तलबकै प्रलोभन परेर तालिम लिइरहेको बताए । यता एक हप्तासम्म तालिम र प्रवचन सुनेर दिक्क वाक्क भएका उनीहरु घर फर्किन्न चाहे पनि आउने नदिएको राजेशले सुनाए ।
दुई हजार पाँच सयमै आधारकार्ड
यता नेपाली युवाहरुलाई जागिरका लागि भारतीय आधारकार्ड आवश्यक पर्ने भन्दै सो वापत प्रति व्यक्ति २ हजार ५ सय, प्रवेश शुल्क वापत १ हजार र आवास खर्च वापत १८ हजार गरी प्रतिव्यक्तिबाट २१ हजार ५ सय भारतीय रुपैयाँ कम्पनीका संचालकले वसुल गरेको यादवले जानकारी दिएका छन् । उनलाई कम्पनीका संचालकद्वारा उपलब्ध गराइएको आधारकार्डमा ठेगाना भने भारतको बिहार राज्य मधुवनी जिल्लाको बासुदेवपुर निवासी भनेर उल्लेख गरिएको छ । यस्तै अन्य नेपालीहरुको आधारकार्डमा पनि नाम सही भएपनि ठेगानामा भारतकै विभिन्न सहरको नाम उल्लेख गरिएको छ ।
उनले एकान्त स्थलमा रहेको सो कम्पनीको होस्टलमा नेपाली युवाहरुलाई कोचिएर राखिएको र बाहिर निस्किन नदिएको जानकारी पनि दिए । कसैसँग कुरा पनि गर्न नदिनइने तथा रातीको समयमा तीन घण्टा राती र दुई घण्टा दिउँसो मोबाइल चलाउन मात्र दिने त्यो पनि आफ्ना साथीभाईलाई फेसबुक, इमो, वाट्सअप मार्फत प्रलोभनमा पार्न ।
यता राजेशले भने संचालक सिंहलाई यस कम्पनीमा काम गर्न म अझ केही साथीहरु लिएर आउँछु भन्दै ढाटेर उम्केर गृह नगर राजविराज आइपुगे । उक्त कम्पनीका ५० भन्दा बढी एजेन्टहरु नेपाली बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाई ल्याउन प्रदेश २ का विभिन्न जिल्लामा खटेको कम्पनीका संचालकहरु एक आपसमा कुरा गर्दा आफुले सुनेको राजेसले बताएका छन् ।
यसरी भइरहेको ठगी धन्दालाई नियन्त्रण गर्न र त्यहाँ फसेका नेपाली यूवाहरुलाई जोगाई सुरक्षित साथ फिर्ता ल्याउन भारतीय प्रहरीसँग समन्वय गर्नु जरुरी रहेको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ