News Category 2076/10/05
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
झण्डै ६ दशकदेखी राजविराज विमानस्थलबाट पटक पटक उडान सेवा सूचारु र बन्द भएपछि गत वर्ष असार १० गतेदेखी विमान सेवा नियमित रुपमा संचालन भइरहेको छ ।
यसैबीच उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले आगामी माघ १८ गते देखि बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गर्ने भएको छ । बुद्घ एयरले श्री एयरलाइन्सको एकलौटी तोड्ने प्रयासमा साताको सातै दिन उडान भर्ने तयारी गरेको हो ।
सुरुमा श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ । श्रीले कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् ।
यता राजविराज नागरिक उडड्यन कार्यालयका बरिष्ठ अधिकृत दुर्गामनी चौधरीले माघ १८ गते देखि नियमित उडानका लागि आवश्यक सवै तयारी पुरा भई टिकट विक्रि काउण्टर समेत संचालनमा आई सकेको जानकारी दिएका छन् ।
सुरुमा ४९ सिट भएको बुद्घ एयरको विमान दैनिक बिहान १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्ने र काठमाडौंबाट ११ बजेर २० मिनेटमा राजविराजका लागि उडान भर्ने समय तालिका निर्धारण गरिएको उनले जानकारी दिए ।
यात्रुको चाप बढे ७२ सिट भएको बुद्घ एयरको बिमानले सेवा दिने तयारी समेत रहेको उनको भनाई छ । हाल राजविराज–काठमाडौं रुटका लागि न्युनतम भाडा ३ हजार ६ सय निर्धारण गरिएको तथा भविष्यमा थपघट गर्ने बिमान कम्पनीको योजना रहेको उनले जानकारी दिए ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमानसिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियती भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गते देखि श्री एयरलाईन्सले उडान सेवा सुरु गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ