News Category 2076/10/07

लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता

लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले पुनः चार फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । 
    प्रहरीले एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउ गर्ने अभियानको रुपमा लिएपछि धमाधम फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् । 
    ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलिले जिल्लाको हनुमाननगर कंकालिन न.पा.४ मधवापुर बस्ने लुटपिट मुद्दाका तनुकलाक मण्डल, चन्देश्वर मण्डल, सोनावति अमात र सहेन्द्र कुमार मण्डललाई पक्राउ गरेको हो । 
    यता पक्राउ परेका फरार प्रतिवादीहरुलाई सप्तरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यो सँगै सप्तरी प्रहरीले झण्डै ६० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट